National

चट्याङ्ग परेर बाटोमा मृत्यु

खेतमा हलो जोतर घर आउदै गरेका एक किसानको मंगलबार दिउसो चट्याङ्ग परेर बाटोमा मृत्यु भएको छ । चट्याङ्ग परेर किसानको गोरु समेत मरेको छ ।

जिल्लाको बसन्तपुर गाविस ६ का तीस बर्षीय सरेन्द्र साहको शरीरमा चट्याङ्ग परेर मृत्यु भएको प्रहरी निरीक्षक मनोहर झाले बताए । खेतमा हलो जोतर दिउसो घर र्फकदैं गरेका साहको शरिरमा चट्याङ्ग पर्दा घट्नास्थलमा मृत्य भएको प्रहरीले जनाएको छ । उनका एक हल गोरु मध्ये चट्याङ्ग परेर एकको मृत्यु भएको छ ।

स्रोत्:कान्तिपुर