National

उमा सिंहका हत्यारालाई जन्मकैद

पत्रकार उमा सिंहको हत्यामा कसुरदार ठहर गर्दै धनुषा जिल्ला अदालतले ललिता सिंह र नेमलाल पासवानलाई जन्मकैदको फैसला गरेको छ ।

हत्याका अन्य आरोपीमध्ये श्रवण यादव, अभिषेक सिंह र विमलेश झाले सफाइ पाएका छन्् । २०६५ साल पुस २७ गते पत्रकार सिंहलाई सशस्त्र समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । हत्याको जिम्मेवारी लिएका स्वामीजी यादव भनिने उमेश यादव फरार छन्् । अदालतले उनको अंश रोक्का गरी तीन वर्ष पर्खिन आदेश दिएको छ ।

यसैबीच, हत्याका आरोपीमध्ये सफाइ पाएकाविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको जिल्ला सरकारीवकिल कार्यालयले जनाएको छ ।

स्रोत्:कन्तिपुर