Business

दसैंले ततायो बजार

‘राम्रो लाउने, मीठो खाने’ दसैंसम्बन्धी यो पुरानो उखान अब अपूर्ण भयो । अबको जमानामा राम्रो र मीठो खान दसैं कुर्नु पर्दैन, तर धीत मरुञ्जेल किनमेल गर्न भने दसैंमा मात्र सम्भव छ । किनभने दसैं नै यस्तो चाड हो जहाँ उपभोक्ताले शिरदेखि पाउसम्म खल्तीदेखि घरमा अटाउने उपभोग्य सामान एकैपटक खरिद गर्छन् ।

‘नयाँ कपडाबिना दसैंको स्वादै हुँदैन,’ नयाँसडकको ठेलमठेल भीडमा भेटिएका उदयपुरका सुरेश कार्कीले भने, ‘केटाकेटीका लागि कपडा र सामान किन्न आएको हुँ, अरू सामानको किनमेल पछि गर्ने योजना छ ।’ सहर र सुविधा पुगेका गाउँतिर एक दशक अघिजस्तो नयाँ लुगा र मीठो खान दसैं कुर्नु पर्दैन । पैसा भए मान्छेले जहिले पनि छानीछानी किनमेल गर्न पाउँछन् तर पनि दसैं भनेपछि नयाँ कपडा छुट्दैन ।’ किन त ? ‘नयाँले मानिसलाई प्रफुल्ल बनाउँछ,’ संस्कृतिविद् वीणा पौडेल भन्छिन्, ‘खुसी हुनुपर्ने चाड भएकाले दसैंमा ँनयाँ लुगा अनिवार्य भएको ।’ नयाँ लुगा खरिदपछि मानिसमा प्रफुल्लता बढ्ने भएकाले आवश्यक सामान चाडबाडको मुखमा जोड्छन् ।

यही अनिवार्यतालाई छोप्दै व्यापारीहरूले वषर्ायाममै नजिकिँदो दसैंको बजार तताउने तयारी गरेका हुन्छन् । अरू बेलाभन्दा बढी बिक्री हुने भएकाले प्रतिस्पर्धाका कारण व्यापारीहरूले निकै पहिलेदेखि तयारी गरेका हुन्छन् । ‘नयाँ आइटमका कपडाका लागि खासा र सांघाई डुल्नुपरेकाले भदौदेखि फुर्सद थिएन,’ न्युरोडको पिपुल्स प्लाजाको जीसप सञ्चालक चोलाकान्त शर्माले भने । दसैं बजारलाई लक्षित गरी व्यवसायीले बालबालिका, युवा र प्रौढका लागि ँनयाँ सामान ल्याएका हुन्छन् । दुई साताअघिदेखि नै बजारमा हुने भीड फूलपातीसम्म रहन्छ ।

‘बालबालिकालाई कपडाको चाहना बढी हुने हो,’ विशाल बजारको किनमेलमा भेटिएका शिक्षक मोहन अधिकारीले भने, ‘प्रौढहरूमा कपडाको मोह त्यति हुँदैन ।’

फेसनेबल र बजारमा चलेका कपडा उपभोक्ताको पहिलो रोजाइ हो । स्तरअनुसार उपभोक्ताहरू सडकदेखि प्रतिष्ठित व्यापारिक मलमा गएर खरिद गर्छन् । कोट पाइन्ट र साडी ब्लाउज जस्तो औपचारिक पोसाकभन्दा पनि अनौपचारिक पोसाक बढी बिक्री हुन्छ । ‘रमाइलो चाडमा मानिस औपचारिक हुन चाहँदैन,’ शर्माको बुझाइ छ ।

एक दशकअघिसम्म मुख्य र एक मात्र आकर्षण मानिएको दसैंको कपडा बजारलाई अन्य पक्षले पेल्दै लगेको छ । ती अन्य पक्षमा मोबाइल, ल्यापटप, मोटरसाइकल देखि पि|mजजस्ता उपभोग्य सामान पर्छन् । पहिरनसँगै फेसनका सामान युवायुवतीको रोजाइमा पर्छन् । एउटा गगल्स पसलमा भेटिएकी अनुका बरालले बजारमा चलेको फेसन आपmनो रोजाइमा पर्ने बताइन् । ‘आफन्तकहाँ जाँदा लगाउने हो,’ उनले भनिन्, ‘एउटा लेदरब्याग पनि किन्छु ।’

यस्ता सामान जोड्न चाहनेहरूले दसैं नै ताकेर बस्ने गरेका छन् । यसबेलामा आम्दानी दह्रो भएका उपभोक्ता र अनेक अफर ल्याएका व्यवसायी दुवै उत्साहित हुन्छन् । ‘खल्ती टन्न हुने र बजारमा पनि मज्जाले मोलमोलाई गर्न सकिने भएकाले हो,’ शिक्षक अधिकारीले भने । आपmनै घर हुनेले दसैंको मौकामै सरसफाइ गर्ने भएकाले यो बेला रंगरोगनको कारोबार समेत बढ्छ ।

तीन/चार वर्षयता दसैंका बेला मोबाइलको कारोबार अरू बेलाभन्दा दोब्बरले बढेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार उपत्यकाबाहिर जानेहरूले आफन्त र किशोर किशोरीहरूलाई मोबाइल किनेर उपहार दिने चलन बढेको छ । ‘एसएलसी पास भएको भतिजका लागि हो,’ नयाँसडक भ्याली मोबाइल सपमा मोबाइल किनेका बाँकेका धनबहादुर रोकायाले भने, ‘उसले रहर गरेकाले दसैंको बेलामा उपहार दिन किनेको हुँ ।’

सपका व्यवसायी विनोद महर्जनका अनुसार दसैं लागेपछि मोबाइलसँगै एमपिथ्री प्लेयर, आइपडजस्ता मनोरञ्जनका सामानको बिक्री पनि बढेको छ । ँनयाँ घर बनाएका वा किनेकाहरूले समेत दराज, सोफालगायत सजावटका नयाँ सामानले दसैंलाई स्वागत गर्न भ्याएका हुन्छन् ।

उपहार योजनाले पनि ग्राहकहरू सामान किन्न दसैं पर्खेर बस्ने गरेका छन् । पि|mज, वासिङ मेसिन, टेलिभिजन, डिभिडीजस्ता विद्युतीय उपकरणको किनमेलमा सहुलियतसहित अफर पनि पाइने हुनाले ग्राहकहरू दसैं कुरेर

बस्छन् । ‘धेरैजसो कर्मचारीले दसैं खर्च र बोनस पाउँछन्,’ पुल्चोकमा ँनयाँ खुलेको ब्लुबर्ड डिपार्टमेन्टल स्टोरमा भेटिएका स्थानीय विकास मन्त्रालयका कर्मचारी डोलेन्द्र मरासिनीले भने, ‘त्यसले किन्ने क्षमता बढाउँछ नै विभिन्न अफरले किनमेल पनि सहज हुन्छ ।’

सरकारी तथा संस्थानका कर्मचारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान लगायत कर्मचारीले दसैंको किनमेलका लागि कम्तीमा एक महिनाको अतिरिक्त तलब पाउँछन् । वरपर घुलमिल नहुने र आफैसँग रम्न चाहनेहरू चलचित्र वा किताबतिर बढी घोत्लिन्छन् । बजारमा चलेका हिन्दी र अंग्रेजी चलचित्रका सिडीहरू यो बेला बढी बिक्छन् । पुस्तक बिक्रेताका अनुसार फुर्सदमा पढिने साहित्यिक पुस्तकको व्यापार पनि थोरबहुत बढ्छ ।

राजधानीमा सयभन्दा बढी पसल भएका दुई दर्जनभन्दा बढी व्यापारिक कम्प्लेक्स र मल छन् । दसैं लागेपछि ती कम्प्लेक्समा रहेका कपडासँगै अन्य पसलमा पनि भीड बढेको छ । ‘बेफुर्सदीका कारण मानिसहरू एकैपटक सामान किनांैला भन्ने मनस्थितिमा हुन्छन्,’ काठमाडौंको काँठ बजार मानिने लुभू मार्टका प्रबन्धक धीरज शाहीले भने, ‘गाउँतिरका मानिस समेत ठूलो र व्यवस्थित किनमेलमा अभ्यस्त हुन खोज्छन् ।’

रोजगारीको विविधता र सहरीकरणले गर्दा सपिङ मल र व्यवस्थित बजारमा किनमेल गर्ने शैली संस्थागत हुन थालेको शाहीको बुझाइ छ । घरव्यवहार हेर्नुपर्ने गृहिणीलाई दसतिर भौंतारिएर खाद्यान्न र मसला जुटाउनुपर्ने चटारो हुन्छ । उनीहरूको यही अनुकूलताका लागि मलहरू पनि ‘नुनदेखि सुनसम्म’ भन्ने नारा दिएर सबै सामान एउटै छानामुनि राख्न थालेका छन् ।

सास फेर्नेसमेत फुर्सद नपाउने सहरियाहरूलाई दसैं मनोरञ्जन गर्ने र फुर्सद मनाउने समय समेत हो । पारिवारिक, नातेदार वा लामो समयपछि भेट भएका आफन्तसँगको यो जमघटलाई पेय पदार्थहरूले थप रंगीन र अविस्मरणीय बनाइदिन्छ । दसैंको मौकामा बर्सेनि बढ्दै गएको पेयपदार्थ र ब्रान्डेड मदिराको खपतले पनि यही संकेत गर्छ । ‘१२ घन्टा जोतिएर काम गर्नेहरूले त्यस्तै विन्दास शैलीमा फुर्सद मनाउन खोज्छन्,’ संैबुका निरोज बस्नेतले भने । यसबेलामा रेस्टुराँमा हुने जमघट र भोजभतेर पनि बढी नै हुन्छ ।

नयाँ सवारीसाधन खरिद गर्नेहरूले पनि दसैं ताकेर बसेका हुन्छन् । बजारमा रकमको प्रवाह बढी हुने र सहुलियत पनि पाइने भएकाले मोटरसाइकलदेखि कार र महँगा गाडी यही समयमा बढी खरिद हुन्छ । ‘कुल निजी सवारी साधनको आधाभन्दा बढी दर्ता असोज/कात्तिकमा हुन्छ,’ यातायात व्यवस्था विभागका निर्देशक कपिल डंगोल भन्छन्, ‘शक्तिको प्रतीक मानिने सवारी साधन दसैंका बेला किनेर दुर्गापीठमा बलि दिने चलन छ ।’
स्रोत:कान्तिपुर