National

खुकरी प्रहारबाट बालिकाको हत्या

भोजमा सामान्य विवादमा खुकुरी प्रहार हुँदा दोलखाको डाँडाखर्क -२ मा एक वालिकाको ज्यान गएको छ भने खुकुरी प्रहारबाटै एक किशोरी गंम्भीर घाइते भएकी छिन् ।

आइतबार राति स्थानीय चन्द्रबहादुर विकको घरमा भोज खाइरहेको बेला सामान्य विवादमा डाँडाखर्क -२ का सोमबहादुर विकले हानेको खुकरीबाट स्थानिय टुल्के विकको ८ वर्षीया छोरीको घटनास्थलममानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकरी प्रहारवाट टुल्केकै २४ विर्षया छोरी मसली विक गम्भीर घाईते भएकी छिन् । उनको सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ । खुकुरी प्रहार गर्ने सोमबहादुरलाई मेलुङ प्रहरी चौकिले नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायव उपरिक्षक उमेशराज जाशीले जानकारी दिए । सोमबहादुरले भोजमा मदिरा खाएर आफनो श्रीमती जिस्काएको भन्दै उनीहरुमाथी खुकुरी प्रहार गरेको साविकको बयानीमा दिएको पनि उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत:कान्तिपुर