National

बस दुर्घटनामा २१ घाइते

पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डको तीनघरेमा सोमबार बिहान ९ बजे बस र ट्रक आपसमा ठोक्कींदा २१ जना घाइते भएका छन् ।

राजविराजबाट वीरगंज तर्फ जाँदै गरेको ना२ख ३९०४ नम्बरको यात्रुबाहक बस विपरित दिसाबाट आएको ना३ख ४२६० नम्बरको मालबाहक ट्रकसंग ठोक्कीएको थियो । ट्रक गलत दिसाबाट अघि बढेका कारण आपसमा ठोक्कीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा बसका २१ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ जनालाई उपचारार्थ भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ । एक बालक सहित दुई जना गंम्भीर घाइते छन् ।
स्रोत:कान्तिपुर