Education

कक्षा ११ को नतिजा सार्वजनिक

२९ मंसिर, काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषद्ले बिहीबार राति कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ४० प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा नियमिततर्फ एक लाख १५ हजार ९ सय ६८ र आंशिकतर्फ ५९ हजार ८ सय ९० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ९९ हजार ७ सय २७ र आंशिकतर्फ १ लाख ४८ हजार ६ सय १६ विद्यार्थी सहभागी थिए ।

परीक्षा गत जेठ महिनामा भएको थियो । उत्तीर्ण हुने सबैलाई हार्दिक बधाई ।