Sports

एपीएफले खाता खोल्यो

विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा सोमबार खाता खोलेको छ । लिगमा सबैभन्दा खराब सुरुआत गरेको उसले छैटौं खेलमा बि्रगेड ब्वाइज क्लबमाथि ७-० को जित दर्ता गर्‍यो र महत्त्वपूर्ण ३ अंक बटुल्यो । एपीएफको लिगमा यो पहिलो जित हो ।
एपीएफ लिगमा बि्रगेड ब्वाइज क्लबविरुद्ध खेलमा खाता खोल्न सफल भयो । उसले पाँचांै खेलसम्म गोल गर्न सकेको थिएन । एपीएफ रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । बि्रगेड ब्वाइजको ५ अंक छ ।

‘योजना सफल भयो,’ एपीएफ प्रशिक्षक दिलकाजी गुरुङले भने, ‘यो खेललाई लिगको ‘कम-ब्याक’ का रूपमा पनि लिन सकिन्छ ।’ बि्रगेड प्रशिक्षक सनोज श्रेष्ठले टिमका प्रमुख चार खेलाडी घाइते भएकाले समस्या परेको बताए । ‘बराबरी गर्ने लक्ष्य थियो,’ उनले भने, ‘तर एपीएफले राम्रो खेल्यो । उसलाई रोक्न सकेनौं ।’

लिगमा एपीएफका लागि जीवन सिन्केमानले पहिलोसहित दुई गोल गरे । ह्याटि्रक भने गणेश लावतीको नाममा रह्यो । यो लिगमा नवौं ह्याटि्रक भएको छ । सौरभ मगरले एपीएफका लागि अर्को गोल थपे ।

सुरुआतदेखि नै एपीएफले बि्रगेड ब्बाइजलाई दबाबमा राखेको थियो । जीवनले डिबक्सको दायाँ कर्नरबाट १६ औं मिनेटमा गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो । सौरभले ३७ औं मिनेटमा २५ यार्ड टाढाबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो ।

बि्रगेड ब्वाइजले खेलमा गरेको एकमात्र आक्रमण पहिलो हाफको इन्ज्युरी टाइममा सम्भव भएको थियो । प्रेम लामाको प्रहारलाई विपक्षी गोलकिपरले बचाउ गरे । गणेशले ६४ औं मिनेटमा पहिलो गोल गरे ।

उनले गोलकिपरसँग ‘वान भर्सेस वान’ मा गोल गरेका हुन् । गणेशले ८० औं मिनेटमा दोस्रो गोल गरे । खेलको इन्ज्युरी टाइमको चौथो मिनेटमा गोल गर्दै गणेशले ह्याटि्रक पूरा गरे । उनले महेश खड्काको क्रसमा हेडमार्फत गोल गरे । त्यसअघि ८३ औं मिनेटमा अर्जुन सुब्बाको क्रसलाई बचाउ गर्न खोज्दा बि्रगेड ब्वाइजका अमिताबले आत्मघाती गोल गरेका थिए दशरथ रंगशालामा भएको अर्को खेलमा महिन्द्रा बाँसबारी क्लबले स्वयम्भू क्लबलाई १-० ले हरायो । खेलको निणर्ायक गोल पहिलो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा सम्भव भएको थियो । भोला राईले पेनाल्टीमार्फत गोल गरे । स्वयम्भूका लक्ष्मण महतले डिबक्सभित्र ह्यान्ड गरेपछि रेप|mीले पेनाल्टी दिएका थिए ।

तेस्रो जित दर्ता गरेको बाँसबारीको ९ अंक छ । स्वयम्भूको ३ अंक छ । ‘हाम्रो खेल्न नसके पनि जित हात लाग्यो,’ बाँसबारी प्रशिक्षक हरिओम् श्रेष्ठले भने, ‘लिगमा हाम्रो लक्ष्य शीर्ष आठ हो ।’ बौद्ध प्रशिक्षक विक्रम लामाले राम्रो खेले पनि टिममा स्टाइकिङ कमजोर रहेको बताए । उनले विदेशी स्ट्राइकरलाई ल्याउने तयारी भइरहेको बताए ।

श्रोत: कान्तिपुर