संसदवाट प्रधानमन्त्री चयन गर्ने प्रणालीको पक्षमा कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरी रहेको ठहर गर्दै नेकपा एमाले पुनः प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको पक्षमा फर्किने निर्णयमा पुगेको छ । सविधान सभा शासकीय स्वरुप निर्धारण समितिमा कांग्रेसको प्रस्तावमा सहमति जनाउदै एमालेले संसदले प्रधानमन्त्री चयन गर्ने प्रणालीको पक्षमा मतदान गरेको थियो । तर आजको केन्द्रिय कमिटी बैठकले पुन प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नु पर्ने प्रणालीमा अडान राख्ने र सविधान सभामा पुन आफ्नो प्रस्ताव लैजाने निर्ण