प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए।
सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उनको भनाइ छ।
उनले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो खण्ड नै पूरा नभएको अवस्थामा दोस्रो खण्ड शुरु गर्ने विषय आफैँमा मिल्दो नभएको बताए। उनले युवा तथा खेलकूद, अन्तरदेशीय प्रसारण लाइन तथा लप्सेफेदी–रातमाटे ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा सत्तारुढ दलभित्रै सहमति नभएको अवस्थामा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्