सरकारले सहकारी ऐन परिवर्तन गर्दै सहकारीका गतिविधिहरुमा चासो राख्न थालेपछि सहकारी दर्ता बन्द हुने लागेको समयमा एकीकरणको अभियानले तिव्रता पाएको छ । काभ्रे जिल्लामा यस अघि केहि सहकारीहरु एकीकरण भैसकेका छन् भने केहि सहकारीहरुले घोषणा गरे पनि प्राविधिक कारणबाट एकीकरण हुन सकेनन् । पछिल्लो समय सहकारीहरुले साधारण सभाबाट एकीकरणको प्रस्ताव भने पास गर्न थालेका छन् ।
एकीकरणको अभियानमा शनिबार काभ्रेको पनौतीमा रहेका चारवटा सहकारीहरुले विशेष एकीकरण साधारण सभा गरी एकीकरण भएको घोषणा गरेका छन् । पनौती ११ मा रहेको ज्योती साकोस, पनौती ३ मा रहेको मिर्मिरे साकोस, पनौती ४ मा रहेको सामुहिक महिला साकोस र पनौती ५ मा रहेको जागृति नमुना साकोस एकीकरण भएका हुन् । सहकारी संघका केन्द्रिय अध्यक्ष केशव वडालको प्रमुख आतिथ्यतामा भएको सभामा चारवटै सहकारीका अध्यक्षहरु उद्धव सापकोटा, माधवप्रसाद सापकोटा, मैया थापा र विदुरप्रसाद हुमागाईले चारवटा कलशको पानी एउटै कलशमा खन्याएर एकीकरण भएको सामुहिक घोषणा गरे । एकीकृत सहकारीको नाम ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था रहेको छ ।
एकीकृत सहकारीको तदर्थ समितिमा उद्धव सापकोटाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिमा उपाध्यक्ष कान्छीमैया थापा, सचिव केशव दाहाल, सह सचिव रुद्रप्र्रसाद तिमल्सिना र कोषाध्यक्ष उपेन्द्र हुमागाई रहेका छन् । समितिमा केशव बञ्जारा, बुद्धसिं थापा, शिशुपाल राउत, पूर्णराम तुलाधर, लिला कार्की, शुशिला पौड्याल, लोकेन्द्रकुमार सापकोटा, पुरुषोतम तिमल्सिना, डाकबहादुर कार्की, रामहरी दाहाल, रिता थापा र शुशिला थापा रहेका छन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक तारानाथ बञ्जारा रहेका छन् भने सदस्यहरुमा दामोदर तिमल्सिना र गोपाल तिमल्सिना रहेका छन ।
एकीकृत सहकारीको कुल सम्पत्ति ८ करोड ८ लाख रहेको छ भने ४ हजार ६ सय ३१ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी १ करोड ९९ लाख ९९ हजार रहेको छ भने बचत निक्षेप ५१ लाख ६७ हजार ३ सय ४६ रहेको छ । लगानीमा रहेको ऋण ६६ लाख ७४ हजार छ भने अन्य कोषहरुमा १४ लाख ४३ हजार रहेको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका महासचिव डिवी बस्नेत, कोषाध्यक्ष दिपक थापा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसी, जिल्ला सहकारी संघका उपाध्यक्ष सोमप्रसाद हुमागाई, संस्थाका सल्लाहकार तुयुकाजी ताम्राकार, एकीकरण भएका संस्थाका अध्यक्षहरुले मन्तव्य राखेका थिए । ज्योती मिर्मिरे सामुहिक साकोस पनौतीको तेश्रो ठुलो सहकारी हो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्