लर्ड बुद्ध एजुकेशन फाउन्डेसन काठमाडौं र सूचना प्रविधि विकास समाज नेपाल काभ्रेको आयोजनामा एक दिने क्यारियर गाइडेन्स सेमिनार सम्पन्न भयो । उच्च माध्यमिक तह उत्र्तीण गरेका विद्यार्थीहरुले भविष्यमा उच्च शिक्षाका संभावनाका क्षेत्रहरु, तिनीहरुको प्रभावकारीता लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा १ सय २० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लर्ड बुद्ध एजुकशेन फान्डेशनका शैक्षिक निर्देशक प्रकाश कुमार र फाउन्डेशन कार्यक्रम संयोजक उदयकान्त झाले विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययन गर्न सकिने विभिन्न विषय र ती विषय अध्ययनपछि प्राप्त हुन सक्ने अवसरका बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा सूचना प्रविधि विकास समाज नेपालका अध्यक्ष अमृतकुमार पन्त, सचिव मनोजकुमार न्यौपाने, पत्रकार महासंघका अध्यक्ष महेश पौडेल, नेपाल मिडिया इष्टिच्युटका निर्देशक रामप्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
सन् १९९८ देखि स्थापना भएको लर्डबुद्ध एजुकेशन फाउन्डेशनले सूचना प्रविधि विषयका स्नातक तह र स्नातकोत्तर तहका विभिन्न विषयहरु अध्यापन गराइरहेको छ । कलेजमा हाल विभिन्न संकायमा एक हजार पाँचसय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्