धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आजदेखि तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ सुरु भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई)लाई अनुसन्धान वा जेनरेटिभ उपकरणमा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग र समाजमा यसको व्यावहारिक प्रयोगबारे बहस र सहकार्य विस्तार गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो।
केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत रहेको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा भइरहेको यो सम्मेलन ‘एआई कन्भर्जेन्स–२०२६’ कार्यक्रमको दोस्रो चरण हो। सम्मेलन जनवरी १२, १३ र १४ (माघ २९, ३० र फागुन १) सम्म केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
‘एआई–मिट’ बाट कन्क्लेभसम्म
आयोजकका अनुसार पछिल्ला दुई वर्षदेखि सञ्चालन हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै यस वर्ष विस्तारित स्वरूपमा ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सिकाइदेखि नवप्रवर्तनसम्मका गतिविधिलाई एउटै प्लेटफर्ममा ल्याउनु सम्मेलनको मुख्य लक्ष्य हो।
उनले एआईलाई केवल प्राविधिक वा शैक्षिक अभ्यासमा सीमित नराखी समाजका विभिन्न क्षेत्रमा यसको उपयोग र प्रभावबारे जनचेतना बढाउने आवश्यकता रहेको बताए।
बहुपक्षीय सहभागिता र कार्यक्रम
‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग प्रतिनिधि, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणको सहभागिता रहेको छ।
सम्मेलनको पहिलो दिन ‘नेसनल लेभल एआई समिट’ आयोजना भइरहेको छ। दोस्रो दिन परियोजना प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स र एआई एक्सपो सञ्चालन हुनेछन्। अन्तिम दिन ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल छलफल, ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा एआई नीतिमाथि बहस गरिने आयोजकले जनाएको छ।
करिब पाँच हजार सहभागीको अपेक्षा
तीनदिने सम्मेलनमा करिब पाँच हजार अवलोकनकर्ता सहभागी हुने आयोजकको अनुमान छ। यसअघि ‘एआई क्यानभास’ नामक पहिलो चरणअन्तर्गत एआई फाउन्डेसन कोर्स, बुटक्याम्प र वेबिनारमार्फत आधारभूत क्षमता विकास कार्यक्रम सञ्चालन गरिएका थिए।
आयोजकका अनुसार ‘एआई कन्क्लेभ–२०२६’ ले नेपालमा एआईसम्बन्धी ज्ञान, नीति र नवप्रवर्तनबीचको दूरी घटाउँदै दीर्घकालीन सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्