मनोरन्जन

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार खानको निधन भएको बिबिसीले जनाएको छ ।

उनी विगत दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

हिजो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। एक कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमार, लन्चबक्स, हैदर, पिकु, हिन्दी मीडियम, स्लमडग मिल्लेनियर, लाइफ अफ पाई लगायत सम्झन लायक फिल्मबाट दर्शकको मनमा छाप छोडेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।