स्वास्थ्य

चीनबाट आइपुग्यो मेडिकल सामग्री - ३० हजार थान पिसीआर टेष्ट किट

तस्बिर : नेपालका लागी चिनियाँ राजदुत हाउ यान्छीको ट्वीटरबाट

चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोना भाइरस परिक्षणका लागि आवश्यक मेडिकल सामग्री शनिबार काठमाडौं आइपुगेको छ।

के कति परिमाण मा मेडिकल सामग्री ल्याइएको नखुलेता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रोतका अनुसार चीनले आइतबारसम्म उपलब्‍ध गराउने भनेको ४० हजार पिसीआर किटमध्ये पहिलो चरणमा हिमालयन एयरलाइन्सका जहाजबाट ३० हजार किट आइपुगेको जनाएका छन्।

श्रोतका अनुसार चीनबाट मेडिकल सामग्री दुई चरणमा आउने भनिएको थियो । त्यसै अनुरुप आज पहिलो चरणमा पिसीआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क आइपुगेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।