समाचार

नेपाल तामाङ घेदुङ पनौतीको अध्यक्षमा बुद्ध तामाङ

नेपाल तामाङ घेदुङ, पनौती नगरको प्रथम अधिबेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको अधिवेशनले बुद्ध तामाङको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यकारिणी समिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा शितल थोकर, राजन तामाङ, सचिवमा सुरेन्द्र तामाङ, सह–सचिवमा प्रेम तामाङ, कोषाध्यक्षमा बुद्ध ब्लोन तामाङ, सदस्यहरुमा सुर्य तामाङ, सोनाम तामाङ, संगीत तामाङ, सुनी तामाङ, सन्तोष तामाङ रहेका छन् । बाँकी ८ जना कार्यसमिती सदस्य पनौती नगर को सबै पक्ष सगं को छलफल पछि थपिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल तामाङ घेदुङका संघीय कार्य समितिका सदस्य डिलबहादुर थोकर (ग्याम्जो)ले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए । थोकरले घेदुङको स्थापना, उद्देश्य र वर्तमान अवस्थाकोबारेमा प्रशिक्षण दिएका थिए । उनले राज्यसत्ताको चरित्रको विरुद्ध लाग्नुपर्नेमा जोड दिंदै कुनै पनि जाति समुदायका विरुद्ध बोल्नु अन्धजातिवाद भएको बताए ।

कार्यक्रममा घेदुङ प्रदेश ३ का सदस्य हरिचन्द्र तामाङ, जिल्ला अध्यक्ष फुर्साङ तामाङको उपस्थिति रहेका थिए ।

नेकपाका संगठित सदस्य बुद्ध तामाङ पनौतीका स्थानिय र तामाङ समुदायमा काम गर्दै आएका व्यक्ति हुन । पनौती तामाङ सेवा समाज, जनजाती महासंघ पनौतीका पनि अध्यक्ष रहेका बुद्ध विभिन्न सामाजिक काम गर्दै आएका छन ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।