ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएपछि उनले बुधबार साँझ ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
गैरदलीय अन्तरिम सरकारमा दलको जिम्मेवारी बोकेका व्यक्ति मन्त्री बनेको विषयमा चर्किँदै गएको आलोचनाका बीच घिसिङले पद त्याग्ने निर्णय लिएका हुन्। प्रधानमन्त्री कार्कीले पनि गैरदलीय सरकारको मर्मविपरीत राजनीतिक दलका नेता सरकारमा रहनु उपयुक्त नहुने भन्दै उनलाई राजीनामा दिन आग्रह गरेकी थिइन्।
घिसिङ भदौ ३० गते जेन–जी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त भएका थिए। उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसअघि घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक राजनीतिक दल दर्ता गराएका थिए। सो दल यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भएपछि उनी रास्वपाको पहिलो वरीयताका उपसभापति बनेका छन्। रास्वपाले समानुपातिक तर्फ १४ जनाको नाम सूचीमा समेटेको छ।
दलको जिम्मेवारी सम्हालेपछि पनि आफू कुनै पार्टीको सदस्य नभएको उनको अभिव्यक्तिप्रति आलोचना हुँदै आएको थियो। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक विवादलाई अन्त्य गर्दै सक्रिय रूपमा चुनावी प्रक्रियामा सहभागी हुन उनले समयमै राजीनामा दिएको स्रोतको भनाइ छ।
घिसिङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन्। उनको राजीनामालाई स्वाभाविक राजनीतिक कदमका रूपमा हेरिएको छ भने यसले आगामी निर्वाचनको राजनीतिक समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्