प्रमुख विपक्षी नेपाली कांग्रेसले पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको अडियोबारे छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएको एक सातासम्म पनि गम्भीर छानबिन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरेका हुन्। ।
छानविनको विश्वसनियतामा समेत प्रश्न गर्दै उनले भने, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा को को पर्छन् प्रष्ट गर्नुस् ।’
बास्कोटा र स्वीस कम्पनीको एजेन्टबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो क्लिप गत साता सार्वजनिक भएको थियो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्