राजनीति

सांसद सरिता गिरीलाई कारवाही गर्न युवा संघको माग

सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ। संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेको हो।

‘संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो संगठनको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

संघले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ। संघले सांसद गिरीको संघीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले १ हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।