राजनीति

काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामा विजयी

नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापतिमा संस्थापन समूहका तीर्थ लामा विजयी भएका छन्।

दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन्। निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ।

जिल्ला सभापति

नामप्राप्त मत
तीर्थ बहादुर लामा१,६४६ - विजयी
अच्यूत प्रसाद पौडेल७७०

काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो। काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए। हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन्। उनी सिटौला समूहका नेता हुन्।

उपसभापतिमा ठाकुरप्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा माधव प्रसाद ढकाल र गुणराज मोक्तान, सहसचिव रविन्द्रनाथ सिग्देल र समीर व्याञ्जु श्रेष्ठ विजयी भएका छन्।

जिल्ला उपसभापति

नामप्राप्त मत
रमेशप्रसाद हुमागाई१,५२३ - विजयी
ठाकुरप्रसाद न्यौपाने१,४०० - विजयी
गोबिन्द बहादुर थापा६९५
शंकर दास लामा (राजु)६५२
देवराज लामा२४१

जिल्ला सचिव

नामप्राप्त मत
गुणराज मोक्तान१,४२० - विजयी
माधव प्रसाद ढकाल१,४१० - विजयी
दिनेश भुर्तेल६९५
कमल तामाङ्ग७९६

जिल्ला सहसचिव

नामप्राप्त मत
समीर व्याञ्जु श्रेष्ठ१,४५४ - विजयी
रविन्द्रनाथ सिग्देल१,४१९ - विजयी
रन्जिब श्रेष्ठ८४५
विनोद गौतम७५५

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।