नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले आज निर्णायक मोड लिएको छ। भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रबाट पार्टीको नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिले विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आजै राति मतदान गर्ने कार्यक्रम तय गरेको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मध्यान्ह १२:३० बजेबाट प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ। त्यसपछि मतदाता नामावलीमाथि दाबी–विरोध र छलफलका लागि निश्चित समय तोकिएको छ। दिउँसो २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने २ देखि ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ता खुला रहनेछ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न गरिनेछ। सबै प्रक्रिया टुंगिएपछि उम्मेदवारको अन्तिम नामावली राति ८:४५ बजे प्रकाशन गरिनेछ।
निर्वाचन समितिले आजै राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र परिणाम यथाशीघ्र सार्वजनिक गरिने समितिले जनाएको छ।
पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यसअघि खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको थियो। संस्थापन पक्षसँग सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनलाई लिएर कांग्रेसभित्र चर्को चासो र राजनीतिक सक्रियता देखिएको छ। पार्टीको आगामी दिशा, संगठनात्मक पुनर्संरचना र राष्ट्रिय राजनीतिमा भूमिकालाई प्रभाव पार्ने यो निर्वाचनलाई कांग्रेसको भविष्यसँग जोडेर हेरिएको छ। आजको मतदानले कांग्रेसको नेतृत्व र राजनीतिक यात्रामा नयाँ अध्याय कोर्ने अपेक्षा गरिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्