राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनको तोकिएको मिति फागुन २१ अघि देश राष्ट्रिय नयाँ समझदारीको बाटोमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले निर्वाचन केही समय पर सारेर व्यापक सहमतिका आधारमा राजनीतिक संक्रमणलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनु आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले निर्वाचनको मिति सार्ने विषय आफ्नो व्यक्तिगत चाहना भएको स्पष्ट पारे। उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी हुनेमा पूर्ण रूपमा विश्वस्त भए पनि, निर्वाचनअघि नै देशको समग्र राजनीतिक दिशा र एजेन्डामा सहमति जुट्नु अझ महत्वपूर्ण रहेको बताए।
फाइल फोटो - रबिन्द्र मिश्र
काठमाडौं १ बाट जितप्रति उच्च आत्मविश्वास
मिश्रले यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। उनले अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि यसपटक परिस्थिति फरक रहेको उल्लेख गरे। विभिन्न दललाई विगतमा मतदान गरेका मतदाताबाट समेत व्यापक समर्थन र सक्रियता देखिएको उनको भनाइ थियो।
"अघिल्ला चुनावमा पराजय भोगे पनि अहिले मतदाताको धारणा परिवर्तन भएको देखिन्छ," उनले भने, "यसपटक जितप्रति म सय प्रतिशत मात्र होइन, दुई सय प्रतिशत नै विश्वस्त छु।"
जित मात्र पर्याप्त छैन, एजेन्डा कार्यान्वयन आवश्यक
मिश्रले निर्वाचन जित्नु मात्र अन्तिम लक्ष्य नभएको उल्लेख गर्दै पार्टीले अघि सारेका मूल एजेन्डाअनुसार देशलाई अघि बढाउन नसके त्यो जित अर्थहीन हुने धारणा राखे। संसदमा पुगेर पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोणअनुसार नीतिगत परिवर्तन गर्न नसकिए देशको हित नहुने उनको निष्कर्ष थियो।
'संविधानको सर्भिसिङ होइन, ओभरहोलिङ आवश्यक'
उनले वर्तमान राजनीतिक र संवैधानिक संरचनालाई "सर्भिसिङ" गरेर मात्र नपुग्ने अवस्था आएको भन्दै "ओभरहोलिङ" आवश्यक रहेको टिप्पणी गरे। मिश्रका अनुसार देश अब यस्तो मोडमा पुगेको छ जहाँ सर्वपक्षीय सहमतिको आधारमा गहिरो सुधारको खाका तयार नगरी निर्वाचनमा जानु दीर्घकालीन रूपमा उचित हुँदैन।
निर्वाचनअघि नयाँ राष्ट्रिय समझदारी कायम गरेर मात्र शान्तिपूर्ण संक्रमण सम्भव हुने उनको भनाइ छ। त्यसपछि मात्र निर्वाचन गरिनु देशका लागि हितकर हुने उनले जोड दिए।
मिश्रको अभिव्यक्तिले निर्वाचनको समय, राजनीतिक सहमति र भावी दिशा बारे पुनः बहसलाई तीव्र बनाउने संकेत दिएको छ, यद्यपि निर्वाचन तालिका परिवर्तन गर्ने निर्णय अन्ततः सम्बन्धित संवैधानिक निकाय र राजनीतिक सहमतिमा निर्भर रहनेछ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्