नेपाल शिक्षक संघ काभ्रेको सातौ जिल्ला अधिबेशनमा हात हालाहाल भएको छ । नेपाली काँग्रेस काभ्रेका नेता मधु आचार्यलाई आसन ग्रहणका लागि उद्घोषकले बोलाएपछि हात हालाहाल भएको हो ।
शिक्षक संघका जिल्ला अध्यक्ष नारायण तिमल्सिनाले आसन ग्रहण गराउने पार्टीको केन्द्रीय नीति नरहेको बताएपछि काँग्रेस काभ्रेका सभापति शिव हुमागाइँ पक्ष र आचार्य पक्षधर शिक्षकबीच हात हालहाल भएको हो । काभ्रे काँग्रेसमा हुँमागाई र आचार्यबीच लामो समयदेखि मनमुटाव छ ।
हुँमागाई र आचार्यपक्षका शिक्षकबीच झडप नै भएपछि संघको सातौ जिल्ला अधिबेशन आधा घण्टा ढिलो गरि शुरु भएको छ ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएपनि दुई नेताबीच एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्दा जिल्लामा काँग्रेस कार्यकर्ता पनि विभाजित छन् ।
बर्तमान सभापति शिव हुमागाई संस्थापन पक्ष र नेता मधु आचार्यलाई शेरवहादुर देउवा पक्षका रुपमा चिनिँदै आउनुभएको छ ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्