राजनीति

माओवादीका शीर्ष नेता काभ्रे आउँदै, झडप हुन नदिन ३ सय प्रहरी परिचालन

UCPN-Maoistएकीकृत नेकपा माओवादी काभ्रेको दोस्रो जिल्ला सम्मेलन आज बनेपामा सुरु हुँदैछ । अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुन माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई पनि बनेपा आउँदैछन् । प्रधानमन्त्री बनेपा आउने भएपछि उनको सुरक्षाका लागि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रधानमन्त्री आउने भएपछि विपक्षी दलहरुले विरोध गर्ने भएपछि झडप हुन नदिन ३ सय प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । झडप हुन नदिन ६० जना सशस्त्र प्रहरी पनि बनेपा ल्याइएको छ । माओवादी काभ्रेको सम्मेलन बिहान ११ बजे हुने भनेर प्रचार गरिएको छ । यद्यपि प्रधानमन्त्री भट्टराईसहितका नेताहरु दिउँसो साँढे १ बजेमात्रै काठमाडौंबाट काभ्रेका लागि प्रस्थान गर्ने प्रहरी स्रोतले बताएको छ । माओवादीको जिल्ला सम्मेलनबाट यही माघ २० गतेदेखि हुने महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक चयन हुनेछन् । जिल्ला नेतृत्व भने पछि अधिवेशन गरेर चयन गरिने बताइएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।