समाज

धुलिखेल विमानस्थलबारे दशैंपछि थाहा हुने

पर्यटन, नागरिक उड्ययन तथा संस्कृती मन्त्री पोष्टबहादुर बोगटीले काभ्रेको धुलिखेलमा बन्ने एयरपोर्टको बारेमा दशैँपछि मात्रै थाहा हुने बताएका छन् । धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको दशैँ, तिहार, छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री बोगटीले काठमाडौँमा दिनप्रतिदिन विमानहरुको संख्यामा बृद्धि हुँदै गएकाले देशभित्रको आन्तरिक उडानका लागि धुलिखेलको ठुलीचौरमा निर्माण गर्ने भनिएको डोमेष्टिक एयरपोर्ट निर्माण हुने या नहुने भन्ने कुरा दशैँ पछि थाहा हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री बोगटीले धुलिखेलमा ठुला÷ठुला कम्पनीका विमान नअट्ने भन्ने जानकारी प्राप्त भएको बताउँदै त्यस बारेमा दशैँपछि अध्ययन हुने बताए । उनले धुलिखेल उद्योग वाणिज्य संघले धुलिखेलको विकास लागि विगत १५ वर्षदेखि अघि सारेको ड्रिमल्याण्ड प्रोजेक्ट र धुलिखेलको कालीदेवी मन्दिरको निर्माणका लागि दशैँपछि बसेर छलफल अघि सार्ने बताए । उनले कुल बजेटको करिब ५० करोड रुपैँया बजेट विनियोजन हुने र ड्रिम ल्याण्ड प्रोजेक्टको बारेमा सरकारले पर्यटन बोर्डसँग दशैँपछि छलफल गर्ने आश्वसन दिए । काभ्रेमा धेरै सम्भावना देखिएकाले त्यसका लागि स्वदेशी तथा विदेशी संघसंस्था र व्यक्तिरुले लगानीको लागि नजर लगाईरहेको बोगटीले बताए । मन्त्री बोगटीले पर्यटन क्षेत्र एउटा व्यापार भएकाले त्यसका लागि नीजि क्षेत्र लाग्नुपर्ने पनि बताएका थिए । उनले अहिले सरकारले चाहेर पनि कुनै काम गर्न नसक्ने बताए । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौतम, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी गिता उप्रेती लगायतले धुलिखेलको पर्यटकीय महत्वका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।