किसानहरुलाई वितरण भएको मल समानुपातिकरुपमा वितरण नभएको भन्दै नेपाली कांग्रेस काभ्रेका सभापति शिव हुमागाईको नेतृत्वमा गएको कांग्रेस नेताहरुको टोलीले कृषि सामाग्री संस्थान धुलिखेल कार्यालयमा आज दिउँसो कर्मचारीहरुलाई अभ्रद ब्यवहार गरेका छन् । करिव ४० जना जति कांग्रेसका नेता कार्यकर्ताहरुले राजनीतिक आस्थाका आधारमा मल वितरण गरेको भन्दै आपुर्ति र वितरण गरेको कार्यालयका कागजात माग गरेका थिए ।
किसानहरुले चाहेजति मल उपलब्ध नगराए जे पनि हुने भन्दै कर्मचारीहरुलाई नेताहरुले धम्कि दिएको कर्मचारीहरुले जानकारी दिएका छन् । नेपाल सरकारले सहकारीमार्फत मात्रै मल वितरण गर्न निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दिएको निर्देशनका आधारमा मात्रै जिल्ला कृषि सामाग्री संस्थानले मल वितरण गरिरहेको छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र ओखलढुंगाका किसानहरुले धुलिखेलबाट मल लिँदै आएका छन् ।
१५ हजार मेट्रिक टन माग भएको उक्त जिल्लाहरुका लागि सोमबारसम्ममा ६ हजार मेट्रिक टन भन्दा मल आपुर्ति हुन सकेको छैन । कर्मचारी संगठनहरुले नेताहरुले गरेको अभद्र ब्यवहारको विरोध गर्दै सरकारलाई दवाव दिन आग्रह गरेका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्