समाज

डाडापारीमा काठ तस्करी

जिल्ला बन कार्यालयले दिएको एक पटक दिएको पूर्जीले पटक–पटक जंगलको काठ विक्री गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

काभ्रे जिल्लाका विकट गाविस साल्मेचाकल, साल्धारा, घर्तिछाप, बनखु र मिल्चे, मकवानपुर र सिन्धुलीका जिल्लाका केहि गाविसहरुबाट बन कर्मचारीहरुको मिलेमत्तोमा काठ तस्करहरुले केहि वर्ष देखि तस्करी गर्दै आएका छन् । मकवानपुर जिल्ला फापरबारी २ का कर्मविर शर्माका नामबाट अख्तियारमा असार १४ गते विहिबार उजुरी दर्ता भएको छ । तस्करहरुले साल, खयर र अन्य बहुमुल्य बस्तुका काठहरु मकवानपुरको भोर्लेनी हुदै चितवन र आसपासका क्षेत्रमा काठ तस्करी गर्दै आएका छन् ।

पछिल्लो समय तस्करहरुले साल्मेचाकल ८ को छखुट्टे बाझगाउ, सोहि ठेगानाको फल्र्लेक धारापानी, गोकुले ३ को देउराली आपटार सामुदायिक बनबाट हेटौडा डेरा गरी बस्ने चन्द्र अधिकारीले दैनिक काठहरु ओसारिरहेका छन् । अनुगमनका लागि सो क्षेत्रमा पुगेका प्रजिअ रुद्रनाथ बस्याल सहितको टोलीलले तस्करलाई तत्काल पक्राउ गरी कारवाही गर्न दिएको निर्देशन समेत कार्यान्वयन हुन सकेको छैन । रेञ्जर क्षेत्रविक्रम (स्रमाट) खाड लगायतको मिलेमत्तोमा तस्करी भएको भन्दै स्थानीयहरुले अख्तियारमा उजुरी गरेका हुन् । उजुरीमा २०६२÷२०६३ मा जिल्ला बन कार्यालय काभ्रेले एक पटकका लागि दिएको चलानी पूर्जिको प्रयोग गर्दै तेश्रो पटकसम्म जंगलका काठहरु विक्री गरेका छन् । जिल्ला बन कार्यालयका सहायक अधिकृत चिमकाजी श्रेष्ठले उक्त क्षेत्रमा टा“चा लगाउने जिम्मेवारी पाएको भए पनि एउटै पूर्जिले तीन पटक काठ तस्कर गर्न सहयोग गरेको उजुरीमा उल्लेख गरिएको छ । चिमकाजी आफै तस्करमा संलग्न भएको स्रोतले जानकारी दियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।