नेपाल जेसीजको २०२३को राष्ट्रिय अध्यक्षमा काभ्रे जेसीजका विकास मानन्धर विजयी भएका छन्। बिरगंजमा सम्पन्न ४९ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ का लागि उनी निर्वाचित भए।
काभ्रे जेसीजका पूर्वअध्यक्ष विकासले ५९५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी रविन पोखरेल दुई सय ९७, मत पाए भने पाटन जेसीजका पुर्व अध्यक्ष सुमन कृष्ण श्रेष्ठले दुई सय ५० मत र धरान जेसीजका दिपेन्द्र निरौलाले ५९ मत प्राप्त गरि चौथो स्थान हासिल गरेका हुन्। काभ्रे जेसिज तर्फबाट चौथो पटक अध्यक्षको दौडमा उत्रिएका मानन्धरले यसअघि नेपाल जेसीजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन्।
क्र.सं
उम्मेद्वार
प्राप्त मत
१
विकास मानन्धर - काभ्रे जेसीज
५९५ - विजयी
२
रविन पोखरेल - नुवाकोट जेसीज
२९७
३
सुमन कृष्ण श्रेष्ठ - पाटन जेसीज
२५०
४
दिपेन्द्र निरौला - धरान जेसीज
५९
कार्यकारिणी उपाध्यक्षमा मनोहरा जेसीजकी रजनी थापा, रामेछाप जेसीजका जीवन बहादुर कार्की, सतासी धाम जेसीजका कुमार सिंह साँवा लिम्बू र हेटौंडा लेडी जेसीजकी रश्मि बस्नेत निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।
क्र.सं
उम्मेद्वार
प्राप्त मत
१
रजनी थापा - मनोहरा जेसीज
८१७ - विजयी
२
जीवन बहादुर कार्की - रामेछाप जेसीज
६३१ - विजयी
३
कुमार सिंह साँवा लिम्बू - सतासी धाम जेसीज
६१४ - विजयी
४
रश्मि बस्नेत - हेटौडा लेडी जेसीज
५२२ - विजयी
५
सुजन बरुवाल - म्याग्दी जेसीज
४८६
६
कन्चन झा - दुहवी जेसीज
४६७
७
नरेश चन्द्र ओझा - महेन्द्रनगर जेसीज
४३५
८
सन्दिप अग्रहरी - रामग्राम जेसीज
४३०
९
राम प्रसाद पाण्डे - कोहलपुर जेसीज
४०२
राष्ट्रिय उपाध्यक्ष पदका लागि नवलपुर जेसीजका राधिका भुसाल १०१२, नाल्दुम नगरकोटका राजाराम गौतम १००६, अर्जुधारा जेसीजका भिमबहादुर कुँवर ९६४, बिरता लेडी जेसीजका स्वस्तिका आचार्य ९४०,चालआली जेसीजका विरबहादुर बेघा ८८८, नेपालगन्ज जेसीजका चिरञ्जीवी शर्मा ८८४, काठमाडौं जेसीजका अनुप सुनुवार ८६१, कपिलवस्तु जेसीजका गुरूदेव पौडेल ८२४, काठमाडौं लेडी जेसीजका सोनी श्रेष्ठ ८२४, बुटवल जेसीजका चन्द्रमणि भुसाल ७८५, बस्तीपुर जेसीजका तेज प्रसाद उप्रेती रमेश ७७४, बसामडी जेसीजका सरोज अधिकारी ७६५ मत सहित विजयी भएका हुन्।
बाह्र उपाध्यक्षका लागि १९ जनाको उम्मेदवारी परेको थियो।
अध्यक्ष मानन्धरले महासचिवमा अमिस ढकाल, कोषाध्यक्षमा थानकोट जेसीजका मोहन लाल डाँगी, कानुनी सल्लाहकारमा गितानगर जेसीजका अशोक कोईराला मनोनित गरेका छन्। नेपाल जेसीजको ७७ जिल्लामा १५३ शाखा छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्