नेपाल जेसीजको २०२६को राष्ट्रिय अध्यक्षमा रामेछाप जेसीजका जीवन कार्की विजयी भएका छन्। जनकपुरधाममा सम्पन्न ५२औं राष्ट्रिय महाधिवेशनबाट सन् २०२६ का लागि उनी निर्वाचित भए।
रामेछाप जेसीजका पूर्वअध्यक्ष जीवनले ५१२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी विजय गुरुङले ४ सय ६२ मत पाए भने रश्मि शिल्पकारले १ सय ४७ मत र राजाराम गौतमले ८३ मत प्राप्त गरि चौथो स्थान हासिल गरेका हुन्। रामेछाप जेसिज तर्फबाट तेस्रो पटक अध्यक्षको दौडमा उत्रिएका कार्कीले यसअघि नेपाल जेसीजमा कार्यकारी उपाध्यक्ष लगायतका पदमा काम गरिसकेका छन्।
क्र.सं
उम्मेद्वार
प्राप्त मत
१
जीवन कार्की - रामेछाप जेसीज
५१२ - विजयी
२
विजय गुरुङ - देवदह जेसीज
४६२
३
रश्मि शिल्पकार - भक्तपुर लेडी जेसीज
१४७
४
राजाराम गौतम - नाल्दुम नगरकोट जेसीज
८३
नव निर्वाचित अध्यक्ष कार्कीले वर्ष २०२६ का लागि ‘Aim, Act, Achieve’ लाई मुख्य कार्यदिशाका रूपमा अघि सारेका छन् । लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनि नेतृत्वको प्रमुख कार्यक्रम ‘Project Sankalpa 2026’ रहेको छ, जसको मूल उद्देश्य एकताको संकल्प र रूपान्तरणको यात्रा हो। उक्त परियोजनामार्फत नेपाल जेसीज अभियानलाई समाजमा अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य राखिएको बताउदै उनले निर्णय प्रक्रिया अनुमानमा होइन, डाटामा आधारित प्रणालीमार्फत अघि बढाइने जनाएका छन् ।
यसैगरी कार्किको कार्यकालमा सदस्य केन्द्रित सेवाका लागि ‘Hello Jaycees’ प्लेटफर्म सञ्चालन गरिनेछ, जसबाट सदस्यका गुनासा, सुझाव र आवश्यकताहरू सिधै सुन्ने र समाधानतर्फ अघि बढ्ने व्यवस्था गरिनेछ।
कार्यक्रमअन्तर्गत MIS Upgrade, AI Integration, Cyber तथा Digital Safety Training लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
कार्यकारिणी उपाध्यक्षमा भेरीगङ्गा जेसीजका नवराज उपाध्याय, सौराहा लेडी जेसीजकी सप्ना पौडेल भण्डारी, हेटौडा जेसीजका बिकेसलाल श्रेष्ठ र धुलाबारी जेसीजका योगेस राजवंशी निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि ६ जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।
क्र.सं
उम्मेद्वार
प्राप्त मत
१
नवराज उपाध्याय - भेरीगङ्गा जेसीज
१०१२ - विजयी
२
सप्ना पौडेल भण्डारी - सौराहा लेडी
८४४ - विजयी
३
बिकेसलाल श्रेष्ठ - हेटौडा जेसीज
८१६ - विजयी
४
योगेस राजवंशी - धुलाबारी जेसीज
८०४ - विजयी
५
अभिषेक दुलाल - सितापाईला जेसीज
७४४
६
दीपक अधिकारी - कपन जेसीज
५९६
राष्ट्रिय उपाध्यक्ष पदका लागि बिरता लेडी जेसीजका मेनुका ओली ९५१, झुम्का जेसीजका दिपेस बराईली ९२२, किर्तिपुर जेसीजका अमन महर्जन ८८९, गल्यान जेसीजका खगेन्द्र भण्डारी ८८४, धरान जेसीजका विदुर थापा ८७७, चक्रघट्टी जेसीजका सुरेन्द्र श्रेष्ठ ८५९, काठ्माण्डु जेसीजकी एन्जीला खड्का ८१८, बाहुनडाँगी जेसीजका देबु बानियां ७६८, टिकापुर जेसीजका रुपक बहादुर बिष्ट ७५०, तुलसीपुर नगर जेसीजका सन्दिप भुषाल ७४८, गीतानगर जेसीजका आरोग्य श्रेष्ठ ७३८, टंकी सिनवारी जेसीजका अनिष भट्टराई ७०५ मत सहित विजयी भएका हुन्।
बाह्र उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको थियो।
क्र.सं
उम्मेद्वार
प्राप्त मत
१
मेनुका ओली - बिरता लेडी जेसीज
९५१ - विजयी
२
दिपेस बराईली - झुम्का जेसीज
९२२ - विजयी
३
अमन महर्जन - किर्तिपुर जेसीज
८८९ - विजयी
४
खगेन्द्र भण्डारी - गल्यान जेसीज
८८४ - विजयी
५
विदुर थापा - धरान जेसीज
८७७ - विजयी
६
सुरेन्द्र श्रेष्ठ - चक्रघट्टी जेसीज
८५९ - विजयी
७
एन्जीला खड्का - काठ्माण्डु जेसीज
८१८ - विजयी
८
देबु बानियां - बाहुनडाँगी जेसीज
७६८ - विजयी
९
रुपक बहादुर बिष्ट - टिकापुर जेसीज
७५० - विजयी
१०
सन्दिप भुषाल - तुलसीपुर नगर जेसीज
७४८ - विजयी
११
आरोग्य श्रेष्ठ - गीतानगर जेसीज
७३८ - विजयी
१२
अनिष भट्टराई - टंकी सिनवारी जेसीज
७०५ - विजयी
१३
सुरज पौडेल -बालाजु जेसीज
६८८
१४
नविन श्रेष्ठ - उर्लाबारी जेसीज
६७८
१५
रमेश भुर्तेल - पाँचखाल जेसीज
६११
१६
खड्ग बहादुर थापा - गौरदह जेसीज
५९५
१७
जितेन्द्र साह - चन्द्रनिगाहपुर सिटी जेसीज
५७१
१८
सिजन सुधाकार - पनौती जेसीज
५४९
१९
माधव कार्की - पालुङ जेसीज
४९४
२०
देवन लाल ठाकुर - लहान सिटी जेसीज
३५३
अध्यक्ष कार्कीले महासचिवमा नारायणघाट जेसीजका अमर घिमिरे, कोषाध्यक्षमा चारआली जेसीजका सुजुप सुबेदी, कानुनी सल्लाहकारमा ताराहारा जेसीजका बहादुर तामाङ्ग मनोनित गरेका छन्। नेपाल जेसीजको ७७ जिल्लामा १५३ शाखा छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्