समाज

खोपासी योग साधना केन्द्र पाँचौं वर्षमा

खोपासी

पतञ्जलि योग समिति काभ्रे जिल्ला शाखा अन्तर्गतको खोपासी शाखा स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शनिबार आयोजित कार्यक्रममा योगगुरु ललितशंकर योगीले चार वर्षअघि खोपासीमा ग्रामीण योग शाखाको रुपमा आफैंले उद्घाटन गरेको स्मरण गराउनु भयो । खोपासीका समाजसेवी, पतञ्जलि योगपीठ हरिद्वारका सदस्य एवं काभ्रे योग समिति सल्लाहकार गणेशदास उलकको आर्थिक तथा भौतिक सहयोगमा २०६४ साल असार ७ गते खोपासी शाखाको स्थापना भएको हो । कार्यक्रममा खोपासी शाखा संयोजक उत्तमदास उलक, जिल्ला शाखा महिला प्रभारी सरिता शाक्य, पतञ्जलि योग समिति काभ्रे जिल्ला शाखाका संयोजक ग्रुवेन तौजले, पनौती संयोजक रमेशचन्द्र कर्माचार्य आदिले बोल्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रमममा योग समिति जिल्ला शाखाका महामन्त्री प्रकाश कायस्थ सल्लाहकारद्वय गणेशदास उलक र दानबहादुर बादेले खोपासी शाखाले समाजलाई दिएको योगदान उल्लेख्य रहेको विचार व्यक्त गर्नु भयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।