पोखरामा सम्पन्न २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ। शनिबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा सहाराले जावलाखेल यूथ क्लबलाई २-० गोलले पराजित गर्दै १२ वर्षपछि पुनः उपाधि हात पारेको हो।
२५औं आहा! रारा गोल्डकप फाइनलपूर्ण समय
सहारा क्लब पोखरा
२ - ०
जावलाखेल युथ क्लब
२५'⚽मुकुन्दकुमार नुईरे
४८'🟨जोखिद्जोन रखिमोव
७३'⚽टाय डिनियल बादारु
७७'🟨बिशाल घलान
निर्णायक क्षण: पहिलो हाफमै अग्रता
खेलको २५औँ मिनेटमा सहाराले पहिलो गोल गर्दै अग्रता लियो। कप्तान सुशील लामाले प्रहार गरेको कर्नर बललाई फरवार्ड मुकुन्दकुमार निउरेले हेडमार्फत जाली चुमाए। पहिलो हाफमा एक गोलको बढत बनाएको घरेलु टोलीले खेल नियन्त्रणमा राख्दै दबाब कायम राख्यो।
दोस्रो हाफको ७३औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत दोस्रो गोल थपेपछि खेलको नतिजा लगभग निश्चित भएको थियो।
जावलाखेलले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेका कारण गोल फर्काउन सकेन।
१२ वर्षपछि दोस्रो उपाधि
सहाराले यसअघि वि.सं २०७० मा उपाधि जितेको थियो। त्यसपछि लामो अन्तरालपछि टोलीले पुनः उपाधि उचाल्न सफल भएको हो। २५औँ संस्करण 'सिल्भर जुब्ली' का रूपमा आयोजना गरिएको प्रतियोगिता माघ २७ गतेदेखि सुरु भएको थियो।
यस संस्करणमा विदेशी तीनसहित कुल १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।
उपाधिसहित सहाराले नगद १४ लाख १ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्यो। उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।
फाइनलका पहिलो गोलकर्ता मुकुन्दकुमार निउरे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले इलेक्ट्रिक स्कुटर पुरस्कार पाए। उनी नै उदीयमान खेलाडी पनि घोषित भए।
यसैगरी,
उत्कृष्ट डिफेन्डर: टाय डिनियल बादारु (सहारा)
उत्कृष्ट गोलकिपर: टिकेन्द्र थापा (सहारा)
उत्कृष्ट मिडफिल्डर: बाउबकर सिसिको (जावलाखेल)
उत्कृष्ट स्ट्राइकर: धर्वेन्द्र कुँवर (जावलाखेल)
सर्वाधिक गोलकर्ता: पापा इबाउ केबे (प्लानिङ ब्वाइज)
उत्कृष्ट प्रशिक्षक: सुनिल रानामगर (सहारा)
फेयर प्ले अवार्ड: आभा फुटबल क्लब, उज्बेकिस्तान
विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
घरेलु मैदानमा अनुशासित र संगठित प्रदर्शन गर्दै सहाराले निर्णायक क्षणमा गोल निकाल्न सफल भयो। १२ वर्षको प्रतीक्षापछि प्राप्त यो उपाधिले क्लबको इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्