नेपाली कांग्रेसभित्र चलिरहेको विशेष महाधिवेशनको बहसले नयाँ मोड लिँदै गर्दा, विशेष महाधिवेशन पक्षधरहरूले आफूहरू पद–भागबन्डाका लागि नभई पार्टीको समग्र नेतृत्व परिवर्तनका लागि अघि बढेको स्पष्ट पारेका छन्। संस्थापन पक्षसँग भइरहेको संवादलाई लिएर ४० प्रतिशत भाग खोजिएको भन्दै फैलाइएको अफवाहको उनीहरूले कडा खण्डन गरेका छन्।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक सुवास पोखरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, “यो विशेष महाधिवेशन ४० प्रतिशतका लागि होइन, शतप्रतिशतका लागि हो। हामी भागबन्डाका लागि वार्ता गर्न पठाइएका होइनौं, वार्ता हाम्रो नेतृत्व परिवर्तनको उद्देश्यका लागि हो।”
नेपाली कांग्रेस विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेल
उनका अनुसार, पार्टीभित्रको संस्थागत कमजोरी, नेतृत्वप्रतिको असन्तुष्टि र नीति–निर्णयमा देखिएको जडताले विशेष महाधिवेशन अपरिहार्य बनेको हो। “कांग्रेस पार्टीको भविष्य जोगाउने सबै जरा यही विशेष महाधिवेशनमा छ,” पोखरेलले भने, “यसलाई हेप्ने अधिकार कसैलाई पनि छैन।”
देउवालाई निर्वाचनमा आउन आह्वान
विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा, प्रतिनिधिहरूले वर्तमान सभापति शेरबहादुर देउवालाई समेत खुला प्रतिस्पर्धामा आउन आग्रह गरेका छन्। पोखरेलका अनुसार, नेतृत्वसँग संवाद जारी रहे पनि निर्वाचन प्रक्रिया अब नरोकिने निष्कर्षमा प्रतिनिधिहरू पुगेका छन्।
“नयाँ नीति र नयाँ नेतृत्व चयन नगरी हामी हलबाट बाहिर निस्किँदैनौं,” उनले भने। संस्थापन पक्षले माग सम्बोधन गर्न नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्नु नै अन्तिम विकल्प भएको उनको तर्क छ।
अफवाह र राजनीतिक सन्देश
संस्थापन पक्षका केही नेताहरूले विशेष महाधिवेशनलाई ४० प्रतिशत भागबन्डाको सौदाबाजीका रूपमा चित्रण गर्न खोजेको आरोप लगाउँदै पोखरेलले त्यसलाई “जानाजानी फैलाइएको अफवाह” भने। उनले विगतको राजनीतिक इतिहास स्मरण गर्दै भने, “राजाले हेप्दा सत्ता गएको हो, अब कुनै पनि किसिमको हेपाइ हामी सहँदैनौं।”
विशेष महाधिवेशन पक्षधरहरूका अनुसार, संवाद र प्रक्रिया सँगसँगै अघि बढ्नेछ। तर अन्ततः निर्णय कांग्रेसको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व परिवर्तनको पक्षमा हुने उनीहरूको दाबी छ।
कांग्रेसभित्रको यो राजनीतिक तरंगले आगामी दिनमा पार्टीको दिशा मात्र होइन, समग्र नेपाली राजनीतिमा पनि गहिरो प्रभाव पार्ने संकेत देखिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्