मुख्य समाचार राजनीति

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १६६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेसले काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पुस २७ गतेदेखि चार दिनसम्म चलेको महाधिवेशनले पार्टी नेतृत्वमा पुस्तान्तरण र समावेशी संरचनाको सन्देश दिँदै १३ पदाधिकारीसहित १६६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो।

महाधिवेशनमा सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको थियो। अन्य पदहरूमा पनि छलफल र सहमतिमार्फत नेतृत्व चयन गरिएकाले कांग्रेसको आन्तरिक राजनीतिमा सहमतिको अभ्यासलाई बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।

प्रमुख पदाधिकारी को–को?
नवगठित केन्द्रीय कार्यसमितिमा सभापतिका रूपमा गगन थापा चयन भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मापुष्पा भुसाल निर्वाचित भएका छन्। पार्टीको संगठनात्मक मेरुदण्ड मानिने महामन्त्री पदमा गुरुराज घिमिरेप्रदीप पौडेल निर्विरोध चयन भएका छन्।

सहमहामन्त्रीमा पार्टीको समावेशी चरित्र झल्किने गरी विभिन्न समुदाय र क्षेत्रबाट आठ जना चयन भएका छन्।

  • फरमुल्लाह मंसुर (मुस्लिम)
  • उदय शमशेर राणा (खस आर्य)
  • प्रकाश रसाइली (दलित)
  • बहादुर सिंह लामा (आदिवासी–जनजाति)
  • योगेन्द्रसिंह चौधरी (थारु)
  • डिला संग्रौला (महिला)
  • मुक्ताकुमारी यादव (मधेसी)
  • कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)

१६६ सदस्यीय केन्द्रीय समिति

विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो। विधानअनुसार कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिबाट मनोनीत गरिनेछ। साथै, ३४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था पनि विधानमै रहेको छ।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरू:

  • गोपालमान श्रेष्ठ
  • ओमकार प्रसाद श्रेष्ठ
  • अर्जुन नरसिंह के.सी.
  • राजेन्द्र कुमार के.सी.
  • अर्जुन प्रसाद जोशी
  • सुरेश कुमार योङ्या
  • चिनकाजी श्रेष्ठ
  • सुधिर सिवाकोटी
  • भरत शाह
  • मधु आचार्य
  • अमृत अर्याल
  • धुर्व वाग्ले
  • देवराज चालिसे
  • विनोद चौधरी
  • मोहन आचार्य
  • उज्वल बराल
  • जनक गिरी
  • देव प्रसाद तिमिल्सिना
  • अजय बाबु सिवाकोटी
  • प्रेम बहादुर खड्का
  • जयराम लामिछाने
  • बसन्त भट्टराई
  • प्रदिप शर्मा
  • जगत जोशी
  • प्रमोदहरी गुरागाई
  • डा. केदार नरसिंह के.सी.
  • विदुर बस्नेत
  • तिर्थ जंग शाही
  • भरत खड्का
  • सुवास पोखरेल
  • शम्भु बुढाथोकी
  • धर्मराज गौतम
  • टेकराज पौडेल
  • तिलक रानाभाट
  • राजेन्द्र गोपाल सिंह

महिला खुलातर्फ नौ केन्द्रीय सदस्य चयन भएका छन् । यसमा चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन् ।

गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई कांग्रेसभित्र पुस्तान्तरण, नीतिगत स्पष्टता र संगठन सुदृढीकरणको अवसरका रूपमा हेरिएको छ। युवा पुस्ताको प्रतिनिधित्व गर्ने थापामाथि आगामी दिनमा पार्टीलाई वैचारिक रूपमा पुनर्जीवित गर्दै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलाउने अपेक्षा गरिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।