काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनको अवस्थातर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि चिन्ताजनक र दुःखद विषय भएको टिप्पणी गरेका छन्। उनले संविधान, सार्वभौम सत्ता र लोकतान्त्रिक प्रणालीमाथि निरन्तर आक्रमण भइरहेको दाबी गर्दै यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरू आपसी विवादमा अल्झिनु गम्भीर विषय भएको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा एमाले राजधानी प्रदेश कमिटीको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पछिल्लो समय देशको राजनीतिक वातावरण दबाब, त्रास र अराजकताबाट निर्देशित हुन थालेको आरोप लगाए। उनका अनुसार न्याय निरूपण गर्ने निकायहरू समेत त्रासमा निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छन्, जसले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाइरहेको छ।
ओलीले नेपाली कांग्रेसले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन किन गर्यो भन्ने प्रश्न उठाउँदै पार्टीभित्रको विधान, प्रक्रिया र बहुमत–अल्पमतको टुंगो कसरी गरिन्छ भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने बताए। “कसैले सडकमा बहुमत पुर्याएँ भनेको भरमै निर्णय हुन्छ ? बैठक कसले बोलाउने, महाधिवेशन कसले आह्वान गर्ने भन्ने पनि त थिति हुनुपर्छ,” उनले भने।
उनले कांग्रेस विभाजनको सम्भावनालाई लोकतन्त्रका लागि नकारात्मक संकेतका रूपमा व्याख्या गरे। “संविधान मिचिएको, प्रणाली घायल बनाइएको र लोकतन्त्र खतरामा परेको बेला त्यसका लागि लड्नुपर्ने कांग्रेस आपसी विवाद र पार्टी फुटाउने दिशातर्फ गएको देख्दा आश्चर्य लाग्छ,” ओलीको भनाइ थियो। कांग्रेसका नेताहरूले जानीबुझी किन यस्तो गरिरहेका छन् भन्ने प्रश्न पनि उनले उठाए।
ओलीले प्रजातन्त्रलाई अराजकतामा धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै नेपाललाई शान्ति क्षेत्रबाट अस्थिरता, अपराध र आतंकतर्फ लैजान खोजिएको बताए। उनले हालको सरकार असंवैधानिक ढंगले बनेको दाबी गर्दै जनताबाट निर्वाचित सरकार मात्रै वैधानिक हुने जिकिर गरे।
कार्यक्रममा ओलीले आफ्ना पार्टी नेता–कार्यकर्तालाई सानातिना असन्तुष्टि थाँती राखेर देश, लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “अहिले असन्तुष्टि संकलन गरेर हिँड्ने बेला होइन, देश र लोकतन्त्रका लागि लड्ने बेला हो,” उनले भने।
ओलीको यो अभिव्यक्ति नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्व विवाद चर्किरहेको सन्दर्भमा आएको हो। उनको टिप्पणीले प्रमुख दलहरूबीचको राजनीतिक टकराव र लोकतान्त्रिक अभ्यासबारे नयाँ बहसलाई थप चर्काउने संकेत देखिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्