कोरोना भाइरस महामारीको भिन्न परिस्थितिमा आएको सरकारको नीति तथा कार्यक्रममा शिक्षाका कार्यक्रम भने परम्परागत ढंगले नै आएको विज्ञले बताएका छन्।
शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको ‘सरकारको नीति तथा कार्यक्रममा शिक्षा’ विषयक भर्च्युअल अन्तरक्रीयामा शिक्षाविद् प्रा. केदारभक्त माथेमाले सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षामा सुधार ल्याउने, विद्यार्थी भर्ना र टिकाउ, विज्ञान विषयमा जोड, बालविकास र विश्वविद्यालय पाठ्यक्रम सुधार सकारात्मक रहेपनि नयाँ कार्यक्रम ल्याउन नसकेको बताए।
‘धनी र गरीबको असमानताको खाडल सम्बोधन गर्न सार्वजनिक विद्यालय सबल हुनुपर्छ,’ उनले भने, ‘विपद्ले अवसर पनि ल्याउँछ। अहिले त्यो मौका थियो। त्यो नीति तथा कार्यक्रमले लिन सकेको देखिएन। केही नयाँ ढंगले आउन खोजे पनि कार्यक्रम परम्परागत नै भयो।’ उनले चिनौं आफ्नै माटो, बनाऔं आफ्नो देशजस्ता कार्यक्रम राम्रा रहेको धारणा राखे ।
योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आधारभूत शिक्षा गुणस्तरीय दिने ग्यारेन्टी, आन्तरिक बजारको माग र परिवर्तित सन्दर्भमा रोजगारी दिनसक्ने सीप र प्रविधिमैत्री शिक्षामा सरकारको जोड हुनुपर्ने बताए।
‘गाउँगाउँमा प्राविधिक शिक्षालय खुल्ने तर युवाले काम नपाउने हुनुहुँदैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम जतिसुकै राम्रा भएपनि कार्यक्रम पक्ष कमजोर रहेका छन्।’
कोरोना महामारीले वैदेशिक रोजगारी घटेर युवा स्वदेश फर्किने भएकाले गाउँमै जीवनोपयोगी सीपयुक्त अवसरहरू उपलब्ध गराउनुपर्ने पूर्व उपाध्यक्ष पोखरेलले बताए। उनले भने, ‘आधारभूत तहको गुणस्तरीय शिक्षा र स्वास्थ्य गाउँमा नपुगेसम्म युवा गाउँमै टिक्ने स्थिति रहँदैन । त्यसैले सामुदायिक शिक्षामा सुधार ल्याउनु अनिवार्य छ।’
शिक्षाविद् डा. मिनाक्षी दाहालले सरकारले पहिलोपल्ट नीति तथा कार्यक्रममा बालविकासलाई पनि राम्रोसँग समेट्न खोजेको भएपनि ८ वर्षमुनिका बालबालिकालाई समेट्ने कुरामा फेरि पनि चुकेको बताए। ‘बालबालिकालाई सिकाउन शिक्षकमा छुट्टै सीप र दक्षता चाहिन्छ । शैक्षिक प्रमाणपत्रले मात्र पुग्दैन,’ उनले भने, ‘अहिले शिक्षामा पुुनःसंरचना गर्न सकिने अवसर थियो। तर नीति तथा कार्यक्रम ठूलो परिवर्तन ल्याउने ढंगले आएन।’
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्