शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ। २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन निरन्तर परिमार्जन गर्ने क्रममा आर्थिक वर्ष ०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार काम भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट नियमित प्रक्रिया पु¥याई राष्ट्रपतिको आवास भवनमा रहेका विशिष्ट स्वदेशी तथा विदेशी पाहुनासँग भेटघाट गर्ने बैठक कक्षमा फ्लोरिङ तथा फर्निसिङ, शौचालयको मर्मत र व्यवस्था तथा कार्यालय भवनमा लिफ्ट जडानलगायत अत्यावश्यक कार्यका लागि एक करोड ५७ लाख ६ हजार ८८४ को बोलपत्र स्वीकृत भएको मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा तोकिएको डिजाइन र साइजको नेपाली ऊनी गलैँचा आपूर्ति गर्ने कार्यको कबोल अंक मूल्यअभिवृद्धि करबाहेक २७ लाख १२ हजार १५० को बोलपत्र छनोटसम्बन्धी आशयको सूचना प्रकाशन भएको मन्त्रालयले जनाएकाे छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्