काठमाडौँ, २३ पुस २०८२
नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन पक्षधर समूहले यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको हो।
विशेष महाधिवेशनका लागि गठन गरिएको सञ्चार तथा सूचना प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमार्फत महाधिवेशन पक्षधरका तर्फबाट सुवास पोखरेलले औपचारिक घोषणा गरेका थिए।
विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा पार्टीले २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेको उल्लेख छ। यस्तो अवस्थामा विधानअनुसार विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको दाबी उनीहरूको छ।
“बाध्यकारी परिस्थितिमा हामी विशेष महाधिवेशन आह्वान गर्न बाध्य भएका हौँ,” विज्ञप्तिमा भनिएको छ, “विधानको मर्म र भावनालाई सम्मान गर्दै २०८२ पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ।”
विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति सुरक्षाको व्यवस्थाका सम्बन्धमा स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ। साथै, भृकुटीमण्डप स्थान यसअघि नै बुकिङ गरिएको र महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिसकेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत दिइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन्। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिँदै आएको छ।
विशेष महाधिवेशन घोषणासँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद थप चर्किने संकेत देखिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्