नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले नेतृत्व चयनको दिशामा निर्णायक मोड लिएको छ। काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्दै पार्टीको आगामी नेतृत्व छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्षसमेत रहेका केसीको नेतृत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार समितिलाई निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यविधि तय गर्ने र नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्ने पूर्ण जिम्मेवारी दिइएको छ।
विशेष महाधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा पार्टीभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वबारे बहस तीव्र बनेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका साङ्गठनिक तथा राजनीतिक प्रस्तावमाथि छलफल चलिरहेकै बेला निर्वाचन समिति गठन हुनुले महाधिवेशन अब निर्णयको चरणमा प्रवेश गरेको संकेत दिएको छ।
महाधिवेशनस्थल बाहिर भने पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा सहमतिको प्रयास जारी रहेको स्रोतहरूले बताएका छन्। यद्यपि, बन्दसत्रबाट निर्वाचन समिति गठन हुनुले सहमति असफल भए लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुने स्पष्ट सन्देश दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, निर्वाचन समिति गठनलाई कांग्रेसभित्र देखिएको नेतृत्व रूपान्तरणको चाहनासँग जोडेर हेरिएको छ। विशेष महाधिवेशनमा सहभागी ठूलो संख्याका प्रतिनिधिहरूले पार्टीलाई नयाँ दिशा दिनुपर्ने आवाज उठाइरहेका बेला समिति गठनले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने प्रयासका रूपमा अर्थ्याइएको छ।
अब निर्वाचन समितिले छिट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास प्राथमिकतामा रहे पनि सहमति नजुटे मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने कांग्रेस नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसको यो विशेष महाधिवेशन केवल आन्तरिक शक्ति संघर्षको विषय मात्र नभई, आगामी राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका र दिशानिर्देशन तय गर्ने महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिँदैछ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्