नेपाली कांग्रेस आन्तरिक शक्ति संघर्षको निर्णायक मोडमा पुगेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको निर्णय सार्वजनिक भएसँगै पार्टीभित्रको विवाद सडक र सभागृहसम्म फैलिएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै गगन थापाले देउवा नेतृत्वमाथि सीधा प्रश्न उठाएका छन्— “नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी हो र, जसले मन लाग्यो त्यही बेला निकाल्न सकियोस्?”
थापाले आफूलाई कारबाही गरिएको समाचार सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्रक्रिया र नैतिकतामाथि गम्भीर आपत्ति जनाए। “म पार्टीको निर्वाचित महामन्त्री हुँ। निजी कम्पनीमा पनि कारबाही गर्नुअघि स्पष्टीकरण सोधिन्छ,” उनले भने। उनका अनुसार देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ र सानेपामा बसेको बैठक वैध छैन। “हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं,” उनले दाबी गरे।
‘म हटेर जाने होइन’ आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै थापाले कांग्रेससँगको सम्बन्ध कुनै पदसँग सीमित नभएको स्पष्ट पारे। “नवौँ कक्षामा पढ्दा कांग्रेसको झण्डा बोकेको हुँ। २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२/६३ को आन्दोलनको नेतृत्व गरेँ। कसैले हटायो भन्दैमा म हटेर जाने होइन,” उनको भनाइ थियो। उनले आफूहरू जोखिम उठाएर पार्टीलाई सुधारको बाटोमा लैजान चाहेको बताए।
प्रधानमन्त्री उम्मेदवारबारे खुला बहस थापाले आफू प्रधानमन्त्री बन्ने आकांक्षा नराखेको दोहोर्याउँदै आगामी निर्वाचनमा कांग्रेसले नयाँ प्रधानमन्त्री उम्मेदवार तय गरेर जानुपर्ने माग मात्र रहेको स्पष्ट गरे। “हामीले यति मात्रै भनेका हौं—यो चुनावमा कांग्रेसले ‘प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा होइनन्’ भनेर जनतासामु जान सकोस्। अरू जसलाई बनाए पनि हामीलाई मान्य छ,” उनले भने। यसलाई देउवाप्रतिको अपमान नभई राजनीतिक उत्तरदायित्वका रूपमा लिन उनले आग्रह गरे।
‘वास्तविक नेपाली कांग्रेस हामी हौँ’ विशेष महाधिवेशन वैधानिक रहेको र निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको दाबी गर्दै थापाले आफूहरू नै “वास्तविक नेपाली कांग्रेस” भएको जिकिर गरे। बन्दसत्रमा उपस्थित प्रतिनिधिहरूको संख्या र इतिहास स्मरण गराउँदै उनले भने, “यो बीपी कोइराला र गणेशमान सिंहको विरासत बोकेको पार्टी हो, कसैको निजी स्वामित्व होइन।”
पार्टीभित्र बढ्दो तनाव संस्थापन पक्षको कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी चर्किएको छ। देउवाविरुद्ध महाधिवेशन प्रतिनिधिहरूले विरोध जनाइरहेका छन् भने सहमतिको नाममा समय बिताइएको आरोप थापाले लगाए। “हामीलाई अल्मल्याउने प्रयास भयो,” उनको भनाइ छ।
नेपाली कांग्रेस अहिले केवल नेतृत्व विवादमा सीमित छैन; यो बहस पार्टीको भविष्य, आन्तरिक लोकतन्त्र र निर्वाचनअघि जनतासमक्ष जाने राजनीतिक आधारसँग जोडिएको छ। विशेष महाधिवेशनले नयाँ नेतृत्व र स्पष्ट सन्देश दिन सक्छ कि पार्टी अझ गहिरो विभाजनतर्फ जान्छ—यसको उत्तर अब केही घण्टा र दिनले दिनेछन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेस आन्तरिक शक्ति संघर्षको निर्णायक मोडमा पुगेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको निर्णय सार्वजनिक भएसँगै पार्टीभित्रको विवाद सडक र सभागृहसम्म फैलिएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै गगन थापाले देउवा नेतृत्वमाथि सीधा प्रश्न उठाएका छन्— “नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी हो र, जसले मन लाग्यो त्यही बेला निकाल्न सकियोस्?”
थापाले आफूलाई कारबाही गरिएको समाचार सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्रक्रिया र नैतिकतामाथि गम्भीर आपत्ति जनाए। “म पार्टीको निर्वाचित महामन्त्री हुँ। निजी कम्पनीमा पनि कारबाही गर्नुअघि स्पष्टीकरण सोधिन्छ,” उनले भने। उनका अनुसार देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ र सानेपामा बसेको बैठक वैध छैन। “हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं,” उनले दाबी गरे।
‘म हटेर जाने होइन’
आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै थापाले कांग्रेससँगको सम्बन्ध कुनै पदसँग सीमित नभएको स्पष्ट पारे। “नवौँ कक्षामा पढ्दा कांग्रेसको झण्डा बोकेको हुँ। २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२/६३ को आन्दोलनको नेतृत्व गरेँ। कसैले हटायो भन्दैमा म हटेर जाने होइन,” उनको भनाइ थियो। उनले आफूहरू जोखिम उठाएर पार्टीलाई सुधारको बाटोमा लैजान चाहेको बताए।
प्रधानमन्त्री उम्मेदवारबारे खुला बहस
थापाले आफू प्रधानमन्त्री बन्ने आकांक्षा नराखेको दोहोर्याउँदै आगामी निर्वाचनमा कांग्रेसले नयाँ प्रधानमन्त्री उम्मेदवार तय गरेर जानुपर्ने माग मात्र रहेको स्पष्ट गरे। “हामीले यति मात्रै भनेका हौं—यो चुनावमा कांग्रेसले ‘प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा होइनन्’ भनेर जनतासामु जान सकोस्। अरू जसलाई बनाए पनि हामीलाई मान्य छ,” उनले भने। यसलाई देउवाप्रतिको अपमान नभई राजनीतिक उत्तरदायित्वका रूपमा लिन उनले आग्रह गरे।
‘वास्तविक नेपाली कांग्रेस हामी हौँ’
विशेष महाधिवेशन वैधानिक रहेको र निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको दाबी गर्दै थापाले आफूहरू नै “वास्तविक नेपाली कांग्रेस” भएको जिकिर गरे। बन्दसत्रमा उपस्थित प्रतिनिधिहरूको संख्या र इतिहास स्मरण गराउँदै उनले भने, “यो बीपी कोइराला र गणेशमान सिंहको विरासत बोकेको पार्टी हो, कसैको निजी स्वामित्व होइन।”
पार्टीभित्र बढ्दो तनाव
संस्थापन पक्षको कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी चर्किएको छ। देउवाविरुद्ध महाधिवेशन प्रतिनिधिहरूले विरोध जनाइरहेका छन् भने सहमतिको नाममा समय बिताइएको आरोप थापाले लगाए। “हामीलाई अल्मल्याउने प्रयास भयो,” उनको भनाइ छ।

शेयर गर्नुहोस्