काठमाडौं — नेपाली कांग्रेसको पार्टीको आधिकारिकता कसको भन्ने विवाद चुलिँदै जाँदा नेता डा. शेखर कोइरालाको नेतृत्वमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको समूह शुक्रबार निर्वाचन आयोग पुगेको छ। आयोगका पदाधिकारीहरूसँगको भेटमा कोइरालाले सिंगो केन्द्रीय समिति आफूहरूसँग रहेको दाबी गर्दै गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई वैधानिक नठहरिने स्पष्ट सन्देश दिएका छन्।
निर्वाचन आयोगमा बोल्दै कोइरालाले भने, “सिंगो केन्द्रीय समिति र सदस्यहरू यहाँ छन्। केही चोइटिएर गएका होलान्, तर संस्था हामी नै हौँ।” उनले पार्टीको आधिकारिकता व्यक्ति होइन, संस्थागत निर्णयका आधारमा टुंगिनुपर्नेमा जोड दिए। सञ्चारमाध्यममा आएको चर्चाका कारण आफूहरू आयोगसम्म आउन बाध्य भएको बताउँदै उनले आयोगले लोकतान्त्रिक पद्धति र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न
कोइरालाले गगन थापा समूहले आयोजना गरेको विशेष महाधिवेशन विधानअनुरूप नरहेको जिकिर गरे। उनका अनुसार, पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने व्यवस्था गरे पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट व्यवस्था छ। “कुनै पनि पदाधिकारीले आफूखुसी विशेष महाधिवेशन बोलाउने अधिकार छैन,” उनले भने, “व्यक्ति होइन, संस्थाले गरेको निर्णय मात्रै आधिकारिक हुन्छ।”
उनले उदाहरण दिँदै भने, “यदि टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य हुँदैन। त्यसैगरी, संस्थाबाहिर गरिएको निर्णय वैधानिक हुँदैन।”
हस्ताक्षर फिर्ताको प्रमाण पेस
कोइरालाले विशेष महाधिवेशनको पक्षमा गरिएको हस्ताक्षर फिर्ता भएको प्रमाण आफूहरूसँग रहेको पनि आयोगलाई जानकारी गराए। उनका अनुसार, महाधिवेशनमा सहभागी भनिएका ८८५ जना प्रतिनिधिले पछि उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएका छन्। “हस्ताक्षर फिर्ताको निस्सा हामीसँग छ, र सो प्रमाण आयोगमा पेस गरेका छौँ,” उनले भने।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते आफूलाई विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरे पनि तीमध्ये ८८५ जनाले पछि हस्ताक्षर फिर्ता लिएको दाबी गरे।
खड्काले केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको र विधानअनुसार केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको पनि स्मरण गराए। “१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक पार्टी हो,” उनको भनाइ थियो।
निर्वाचन आयोगको धारणा
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नहुने स्पष्ट पारे। आयोगले दुवै पक्षका दाबी र प्रस्तुत प्रमाणहरू अध्ययन गरेर कानुनी तथा संवैधानिक आधारमा निर्णय गर्ने संकेत गरेको छ।
निर्वाचन आयोग पुगेको टोलीमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत नेताहरू सहभागी थिए।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

कारबाही र आन्तरिक विवाद
खड्काले आयोगमा जानकारी गराउँदै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरिएको र त्यसको सूचना आयोगमा पठाइसकिएको बताए। उनका अनुसार, तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले समयमै सदस्यता सूची नबुझाएकै कारण नियमित महाधिवेशन हुन नसकी वैशाखमा सार्नुपरेको थियो।

शेयर गर्नुहोस्