नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुनर्संरचना सम्पन्न भइसकेको दाबी गर्दै ‘बदलिएको कांग्रेस’ अब सत्ताका लागि कुनै पनि अस्वाभाविक सम्झौतामा नजाने स्पष्ट पारेका छन्। बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले कांग्रेस ‘२.०’ को राजनीतिक दृष्टि, कार्यशैली र प्राथमिकता सार्वजनिक गरेका हुन्।
थापाका अनुसार ‘बदलिएको कांग्रेस’ भनेको नेतृत्वको अनुहार मात्र फेरिनु होइन। पार्टीको सोच, संकल्प र काम गर्ने शैली नै परिवर्तन गरिएको उनको भनाइ छ। उनले प्रजातन्त्र, सामाजिक न्याय, विविधता र समावेशीतालाई कांग्रेसको मूल आत्मा र जरा भन्दै नयाँ कांग्रेसले ती आधारलाई अझ विस्तार गर्ने बताए। विगतका राम्रा कामलाई आत्मसात् गर्दै कमजोरी र गल्तीलाई स्वीकार गरेर सुधार गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए।
सत्ताका लागि सम्झौता होइन, सिद्धान्त पहिलो
सभापति थापाले सत्तामा पुग्न वा सरकार टिकाउन जोसँग पनि मिल्ने पुरानो अभ्यास अब नदोहोर्याइने स्पष्ट गरे। राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थ नराख्ने, आवश्यक परे सरकार बाहिर बस्न तयार रहने तर सिद्धान्तसँग सम्झौता नगर्ने उनको अडान छ। कांग्रेसलाई ‘चुनाव जित्ने मेसिन’ होइन, सामाजिक आन्दोलनको रूपमा पुनर्स्थापित गर्ने लक्ष्य उनले उल्लेख गरे।
थापाले युवालाई केवल भविष्यको आशा भनेर छाड्ने नभई वर्तमानका साझेदारका रूपमा सँगै अघि बढ्ने नीति सार्वजनिक गरे। नयाँ पुस्ताका मूल्य र अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गरिएको दाबी गर्दै उनले युवाको सहभागितामै राजनीतिक र संरचनागत परिवर्तन सम्भव हुने बताए। जेन–जीका मुद्दालाई सम्बोधन गर्ने पहिलो पार्टी कांग्रेस भएको उनको दाबी छ।
उत्तेजना र घृणाको राजनीति अस्वीकार
कांग्रेसले विभाजन, उत्तेजना र घृणाको राजनीति नगर्ने स्पष्ट गर्दै थापाले सबैलाई समेटेर अघि बढ्ने नीति दोहोर्याए। केवल मिलाउने मात्र होइन, देशको विद्यमान शासन शैली, सोच र कार्यगतिमा सुधार गर्ने एजेन्डासहित कांग्रेस अघि बढेको उनले बताए।
देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै थापाले अहिलेको अवस्थालाई जिम्मेवारीपूर्वक सम्हाल्न नसके थप संकटतर्फ जान सक्ने चेतावनी दिए। बदलिएको कांग्रेसले देशलाई थप ध्वंशतर्फ जान नदिने र शासन प्रणालीमै सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
अन्त्यमा, पार्टीबाट टाढा भएका वा निष्क्रिय बनेकाहरूलाई पुनः सक्रिय हुन आह्वान गर्दै थापाले मतदातासँग विश्वासका आधारमा साथ मागेका छन्। परिवर्तनका लागि जोखिम उठाएर कांग्रेस बदलेको दाबी गर्दै उनले 'कांग्रेस २.०' लाई देश परिवर्तनको माध्यम बनाउने उद्देश्य स्पष्ट पारेका छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्