उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी दोहोर्याएका छन्। मधेस प्रदेशको जनकपुरधामबाट चुनावी गतिविधि सुरु गर्दै उनले भाषण र सामाजिक सञ्जालको प्रचारभन्दा वास्तविक काम र 'डेलिभरी'का आधारमा जनताले नेतृत्व चयन गर्ने धारणा राखे।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालको प्रभावबाट होइन, समाजमा गरेको कामबाट अर्गानिक रूपमा स्थापित भएको बताए। उनका अनुसार पार्टीले जनतासँग प्रत्यक्ष सम्पर्क र परिणाममुखी काममार्फत विश्वास आर्जन गरेको छ।
'प्रधानमन्त्री भाषणले होइन, जनताले छान्छन्'
घिसिङले प्रधानमन्त्री बन्ने आधार भाषण नभई काम र जनमत हुनुपर्नेमा जोड दिए। "भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन। जनताले कामको मूल्यांकन गरेर छानेपछि मात्र नेतृत्व स्थापित हुन्छ," उनले भने। उनले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं नेतृत्व सम्हालेर देशमा परिवर्तन ल्याउने उद्देश्यसहित राजनीतिमा आएको स्पष्ट पारे।
उनका अनुसार उज्यालो नेपाल पार्टी देशको सामाजिक र आर्थिक रूपान्तरणलाई अपरिहार्य ठान्दै अघि बढिरहेको छ। रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्वच्छ राजनीतिक अभ्यास पार्टीका प्रमुख एजेन्डा रहेको उनको भनाइ छ।
जेनजी आन्दोलनको पृष्ठभूमि र पार्टी एकता
घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक शक्ति भएको उल्लेख गरे। पार्टीले जेनजी आन्दोलनका भावना र मागलाई बोकेको र सोही पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको उनले बताए।
यसै क्रममा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको जानकारी पनि उनले दिए। उनका अनुसार दुवै पार्टी जेनजी आन्दोलनसँग सम्बन्धित छन् र यो एकताले पार्टीलाई थप सशक्त बनाएको छ।
मधेस प्रदेशमा घरदैलो अभियान
उज्यालो नेपाल पार्टीले मधेस प्रदेशबाट जनताको घरदैलो अभियान सुरु गरेको छ। घिसिङका अनुसार मधेस धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश भएकाले यहाँ पार्टीको सशक्त उपस्थिति छ।
पार्टीका उम्मेदवार प्रदेशका आठवटै जिल्लामा रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा हुने र उल्लेखनीय सिट जित्ने दाबी गरे। जनकपुरधाममा रहँदा उनले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा-अर्चना गरेका छन् भने पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यसपछि उनी सिरहा पुगेर विभिन्न कार्यक्रम तथा अनुगमनमा सहभागी हुने कार्यक्रम रहेको छ।
घिसिङले छोटो समयमै स्थापना भए पनि उज्यालो नेपाल पार्टीले काम गरेर परिणाम देखाइसकेको दाबी गर्दै आगामी दिनमा पनि जनताका पक्षमा निरन्तर डेलिभरी' दिने प्रतिबद्धता व्यक्त गरे।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

घिसिङले छोटो समयमै स्थापना भए पनि उज्यालो नेपाल पार्टीले काम गरेर परिणाम देखाइसकेको दाबी गर्दै आगामी दिनमा पनि जनताका पक्षमा निरन्तर
डेलिभरी' दिने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस्