आगामी मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनका लागि काभ्रेको पनौती नगरपालिकाबाट सबैभन्दा बढी सात जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनको लागि पनौती नगरपालिकाबाट क्षेत्र नम्बर २ बाट मात्रै पाँच उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति शिवप्रसाद हुमागाँई, नेकपा एमालेका तर्फबाट जिल्ला उपाध्यक्ष रामहरि सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आरजु केसी, नेकपा मालेका तर्फबाट कोमलबहादुर बस्नेत र सद्भावना पार्टीका तर्फबाट सानोबाबु खत्री प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै क्षेत्र नम्बर ३ बाट पनौतीका राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रबहादुर खड्का र क्षेत्र नम्बर ४ मा नेपाली जनता दलका तर्फबाट इन्द्रप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । त्यसैगरि गाविसतर्फ मेच्छेबाट मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी अर्थात् चार जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् । मेच्छे गाविसका तर्फबाट क्षेत्र नम्बर १ बाट एकिकृत नेकपा माओवादीका तर्फबाट पूर्वसभासद् सूर्यमान दोङ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट चमारसिं तामाङ र जनमोर्चा नेपालकातर्फबाट आसलाल दोङले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यस्तै मेच्छेकै मिना तामाङले एकिकृत नेकपा माओवादीका तर्फबाट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यस्तै वालुवापाटी देउपुरबाट क्षेत्र नम्बर २ बाट एक जना र क्षेत्र नम्बर ३ बाट दुई जना गरि तीन जना, क्षेत्र नम्बर १ मा कुरुपास चापाखोरीका तीन जना, क्षेत्र नम्बर ४ बाट महादेवस्थान गाविसबाट ३ जना, क्षेत्र नम्बर ४ बाटै पाँचखालका तीन जनाले प्रतिस्पर्धा गर्दैछन् भने यस पटकको निर्वाचनमा जिल्ला बाहिर अर्थात् ललितपुर उपमहानगरपालिका १७ का पियारत्न महर्जन क्षेत्र नम्बर ४ बाट नेपाली जनता दलबाट निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्