समाज

भोलि शुक्रवार र पर्सि शनिवार उपत्यका बाहिर एकतर्फी जान दिने सरकारको निर्णय उल्टियो

अपडेट: ६ बजे साँझ, बिहिबार, चैत्र २७, २०७६
काठमाडौं उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

बन्दाबन्दीका (लकडाउन) कारण काठमाडौमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्री लगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

~
प्रथम पटक प्रकाशित: ३:५५ बजे, बिहिबार, चैत्र २७, २०७६

सरकारले बन्दाबन्दिका (लकडाउन) कारण काठमाडौ उपत्यकामा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ।

बिहीबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।

११ चैतबाट लागु भएको बन्दाबन्दी लम्बिएपछि बन्दाबन्दिको बेला मानिसहरू विभिन्न समस्या हरु का कारण हिँडेरै टाढा-टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो।

यो समयावधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। उपत्यका बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।