समाज

प्रधानमन्त्रीको निर्देशन - खान समस्यामा परेकालाई खानाको व्यवस्था गर्नु, पैदल हिडेर गाउँ जान नदिनु

फाइल तस्बिर

कोभिड-१९ रोकथाम तथा न्युनिकरण उच्चस्तरीय समन्वय समिति र सरोकारवाला मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो यात्रामा रहेकाहरूलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले पैदल हिँडेर गाउँमा जान नदिन निर्देशन दिएका छन्।

आजको बैठकमा प्रधानमन्त्रीले अहिलेको अवस्थामा मानिसहरू कसरी सडकमा हिँडिरहेका छन् भनेर चासो व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले अलपत्र परेकाहरूलाई सम्बन्धित स्थानीय तहले पकाएकै खानाको समेत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए। सरकारले घर जानको लागि नै खुला नगरेपनि आफ्ना-आफ्ना गाउँ जानको लागि व्यवस्था गरिने जनाएको छ ।

कोभिड-१० को संक्रमण नहोस् भन्नका लागि सरकारले गत चैत्र ९ गते देखि देशभर लकडाउन गरेको छ । तर विभिन्न समस्यामा कारण मानिसहरु आ-आफ्नो गाँउ जान थालेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।