प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीले नेपालको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न "अर्थतन्त्र केन्द्रित विशेष समिति" गठन गरेको छ ।
केन्द्रीय समितिको बैशाख १७ को बैठकले कोभिड–१९ ले पारेको असरबारे अध्ययन, विश्लेषण एवं दृष्टिकोण बनाउने समिति बनाउन सभापति शेरबहादुर देउवाले पुर्व-अर्थमन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।
सो समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका एवं राष्ट्रिय योजना आयोगमा रहेर नेतृत्व गरेका व्यक्तिहरु समेटिएकाे छ।
डा. महत संयोजक रहेको सो समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्य छन्।
समितिले तत्कालिन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालिन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालिन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ ।
कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम `अर्थतन्त्र केन्द्रित विशेष समिति´ गठन l समितीले निम्न कार्य गर्नेछ l#तत्कालीन, अत्यावश्यक राहत बारे सुझाव l#अल्पकालीन, आगामी बजेटको प्राथमिकता बारे धारणा l#दीर्घकालीन कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण l pic.twitter.com/SA8UN2sPNU
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 6, 2020
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्