कर्णाली प्रदेशमा एकैदिन १ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका १ सय १३ र मुगुको १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उनले बताए।
त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, नौमुलेका ५, भगनीका ५, साडुका २ र बाँसकोटका १ जना छन्। बिहीबार सङ्क्रमितको यो सङ्ख्यासँगै कर्णालीका कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३ सय ८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्