प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्ने बताउँदै आएपनि आजदेखि लोडसेडिङ १४ घण्टा हुने भएको छ । नेपाल विद्युत्त प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि सातामा ८४ घन्टा लोडसेडिङ हुँदै आएकोमा अब ९७ घन्टा पुग्नेछ ।
‘एक दिन १३ घण्टा र अरु दिन १४ घण्टाको दरले लोडसेडिङ हुनेछ’ प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले भन्नुभयो ।
जलाशयहरुमा पानीको बाहव घट्दै गएको र माग अनुसार आपूर्ति हुन नसकेकाले (भारतले दिने भनिएको ३० मेगावाट विद्युत कटौती भएकोले) लोडसेडिङ बढाउन परेको प्राधिकरणको भनाई छ । यसअघि १२ घण्टाको दरले लोडसेडिङ हुँदै आएको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्