समाज

पहिरोले बाटो अवरुद्ध

अबिरल वर्षाले गर्दा पहिरो जाँदा दुई दिनदेखि च्याम्राडबेशी सडक अवरुद्ध बनेको छ ।

बिहीवार राति परेको वर्षाले गर्दा च्याम्राडबेशी मिल्चे बोराड सडक खण्डको निगालेमा पहिरो जाँदा दुई दिन देखि त्यो सडक अवरुद्ध बनेको हो । पहिरोले बाटो छेकेपछि स्थानीय बासिन्दाले तरकारी, दुध र खुवा ढुवानी गर्न पाएका छैनन् । कच्ची सडक भएकोले पानी बढ्दै जानथालेपछि १५ दिनदेखि यात्रुवाहक बस सञ्चालन हुन सकेको छैन ।

पहिरो हटाएर बाटो सञ्चालन गर्नको लागि डोजर चाहिने स्थानीय बासिन्दा बताउँछन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।