समाज

३५ वर्ष पुरानाे साइकलमा सयर गर्दै ललितपुरका मेयर चिरिबाबुले उद्घाटन गरे ‘साइकल लेन’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले 'साइकल लेन' शुभारम्भ गरेका छन्। उनले शनिबार आयोजित एक कार्यक्रमबीच आफ्नाे ३५ वर्ष पुरानाे साइकलमा सयर गर्दै साइकल लेनको शुभारम्भ गरेका हुन्। साइकलमा सयर गर्दै उनले पहिला पहिला साइकलबाटै सहर घुमेका स्मृति सुनाए। महानगरले आगामी सत्रमा साइकल ऐन ल्याउने उनले बताएका छन्।

कार्यक्रममा सम्बोधान गर्दै उनले भने, ‘पुन: साइकलमैत्री बनाउने चुनाैती सामना गर्न महानगरले आगामी सत्रमा साइकल ऐन ल्याउने छ।’ ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई सञ्चालनमा ल्याएको हो। कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन व्यवस्था गरेको महानगरले बताएको छ ।

चालू सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।