मुम्बई, भारत विश्व क्रिकेटको सबैभन्दा छोटो र रोमाञ्चक स्वरूप, आईसीसी पुरुष टी-२० विश्वकप २०२६ शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको यस १०औँ संस्करणको उद्घाटन समारोह मुम्बईस्थित ऐतिहासिक वानखडे स्टेडियममा भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच श्रीलंकाको कोलम्बोमा हुनेछ।
मुम्बईमा भव्य उद्घाटन समारोह
विश्वकपको औपचारिक उद्घाटन समारोह भारत र संयुक्त राज्य अमेरिका (यूएस)बीचको खेलअघि मुम्बईस्थित वानखेड़े स्टेडियममा आयोजना हुँदैछ। समारोह साँझ ६ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा चर्चित र्यापर बादशाह, अभिनेत्री तथा नृत्यांगना नोरा फतेही, सितार वादक ऋषभ रिखिराम शर्मा र परकसनिस्ट सिवामनीले प्रस्तुति दिनेछन्। उद्घाटन समारोह अवलोकन गर्न भारत–यूएस खेलको टिकट भएका दर्शकहरूलाई मात्र प्रवेश दिइनेछ।
𝗚𝗘𝗧 𝗥𝗘𝗔𝗗𝗬 𝗙𝗢𝗥 𝗔 𝗦𝗣𝗘𝗖𝗧𝗔𝗖𝗟𝗘 🤩
The stars will descend upon the Wankhede Stadium for a grand Opening Ceremony of the #T20WorldCup 🏆
प्रतियोगिताको औपचारिक सुरुवात हुनुअघि आयोजित उद्घाटन समारोहमा बलिउडका चर्चित र्यापर बादशाह, अभिनेत्री नोरा फतेही, प्रसिद्ध सितार वादक ऋषभ रिखिराम शर्मा र ड्रमर शिवानीले आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा आईसीसीका अध्यक्ष जय शाह र सन् २०२४ को विश्वविजेता टोलीका कप्तान तथा यस प्रतियोगिताका ब्रान्ड एम्बेसडर रोहित शर्माले ट्रफी अनावरण गरेका थिए।
प्रतियोगिताको पहिलो दिन तीनवटा खेलहरू तय गरिएका छन्। उद्घाटन खेलमा कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएको छ। दोस्रो खेलमा कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्दै छन् भने शनिबार साँझ मुम्बईमा आयोजक भारतले अमेरिकाको सामना गर्नेछ।
म्याच र टूर्नामेंटको जानकारी
विवरण
जानकारी
उद्घाटन समारोह
शुक्रवार
उद्घाटन समारोहको समय
साँझ 6:00 बजे (IST)
स्थान
वानखेड़े स्टेडियम, मुंबई
टूर्नामेंट को शुरुआत
7 फरवरी
कुल टिम
20
कुल म्याच
55
पहिलो म्याच
पाकिस्तान - नीदरलैंड्स (कोलंबो)
फाइनल म्याच
9 मार्च
आठ स्थानमा हुनेछन् विश्व कपका खेलहरू
टी–२० विश्व कप २०२६ का खेलहरू भारत र श्रीलंकाका आठ स्थानमा आयोजना हुने भएका छन्। भारतमा पाँच स्थानमा खेलहरू हुनेछन् भने श्रीलंकाका तीन स्थानमा खेल आयोजना गरिनेछ। भारततर्फ दिल्ली, मुम्बई, चेन्नई, कोलकाता र अहमदाबादले खेलहरूको आयोजना गर्नेछन्। त्यसैगरी श्रीलंकामा कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियम र एस. स्पोर्ट्स क्लब तथा क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेलहरू हुनेछन्।
नेपालको 'ड्रिम प्रोजेक्ट': पहिलो भिडन्त इंग्ल्यान्डसँग
नेपाली क्रिकेट टोलीले यसपटकको विश्वकप यात्रा आइतबारदेखि सुरु गर्दैछ। नेपालले आफ्नो पहिलो खेलमा साबिक विजेता इंग्ल्यान्डको सामना मुम्बईको वानखडे मैदानमा गर्नेछ। नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने यो खेललाई नेपाली क्रिकेटको इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।
विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको नेपालले यसपटक उच्च तयारीका साथ मैदान उत्रने लक्ष्य राखेको छ। प्रतियोगिताअघि खेलिएका अभ्यास खेलहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडालाई पराजित गर्दै नेपालले शतप्रतिशत नतिजा निकालेकाले टोलीको मनोबल उच्च देखिन्छ। कप्तान रोहित पौडेलले टोली सन्तुलित रहेको र विश्वमञ्चमा उत्कृष्ट नतिजा निकाल्न खेलाडीहरू तयार रहेको बताएका छन्।
प्रतियोगिताको संरचना र नेपालको समूह
यस विश्वकपमा कूल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह 'सी' मा रहेको छ, जहाँ उसले इंग्ल्यान्ड, दुई पटकको विजेता वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। विशेष परिस्थितिमा बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डले उसको स्थान लिएको हो।
नेपालको खेल तालिका यस्तो छ:
माघ २७ (आइतबार): विरुद्ध इंग्ल्यान्ड माघ २९: विरुद्ध इटाली फागुन ३: विरुद्ध वेस्ट इन्डिज फागुन ५: विरुद्ध स्कटल्यान्ड
कीर्तिमानी सोमपाल कामी र टोलीको चुनौती
नेपाली टोलीका अनुभवी फास्ट बलर सोमपाल कामी तीनवटा टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन्। सन् २०१४ देखि २०२६ सम्मको यात्रामा उनले नेपाली बलिङ आक्रमणको नेतृत्व गरिरहेका छन्।
प्रतियोगिताको ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोली 'सुपर ८' चरणमा प्रवेश गर्नेछन्। कुल ५५ खेलहरू हुने यस प्रतियोगिताको फाइनल खेल आगामी मार्च ९ मा हुनेछ। भारतका पाँच (दिल्ली, मुम्बई, चेन्नई, कोलकाता र अहमदाबाद) र श्रीलंकाका तीन (कोलम्बोका दुई र क्यान्डी) गरी जम्मा आठ वटा रंगशालामा विश्वकपका खेलहरू सञ्चालन भइरहेका छन्।
नेपालका लागि यो विश्वकप केवल एक प्रतियोगिता मात्र नभई सन् २०२४ मा दक्षिण अफ्रिका जस्तो बलियो टोलीसँग मात्र १ रनले पराजित हुँदाको अधुरो सपना पूरा गर्ने सुनौलो अवसर पनि हो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।
मुम्बई, भारत विश्व क्रिकेटको सबैभन्दा छोटो र रोमाञ्चक स्वरूप, आईसीसी पुरुष टी-२० विश्वकप २०२६ शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको यस १०औँ संस्करणको उद्घाटन समारोह मुम्बईस्थित ऐतिहासिक वानखडे स्टेडियममा भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच श्रीलंकाको कोलम्बोमा हुनेछ।
मुम्बईमा भव्य उद्घाटन समारोह
विश्वकपको औपचारिक उद्घाटन समारोह भारत र संयुक्त राज्य अमेरिका (यूएस)बीचको खेलअघि मुम्बईस्थित वानखेड़े स्टेडियममा आयोजना हुँदैछ। समारोह साँझ ६ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा चर्चित र्यापर बादशाह, अभिनेत्री तथा नृत्यांगना नोरा फतेही, सितार वादक ऋषभ रिखिराम शर्मा र परकसनिस्ट सिवामनीले प्रस्तुति दिनेछन्। उद्घाटन समारोह अवलोकन गर्न भारत–यूएस खेलको टिकट भएका दर्शकहरूलाई मात्र प्रवेश दिइनेछ।
रंगारंग उद्घाटन र सुरुआती खेलहरू
प्रतियोगिताको औपचारिक सुरुवात हुनुअघि आयोजित उद्घाटन समारोहमा बलिउडका चर्चित र्यापर बादशाह, अभिनेत्री नोरा फतेही, प्रसिद्ध सितार वादक ऋषभ रिखिराम शर्मा र ड्रमर शिवानीले आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा आईसीसीका अध्यक्ष जय शाह र सन् २०२४ को विश्वविजेता टोलीका कप्तान तथा यस प्रतियोगिताका ब्रान्ड एम्बेसडर रोहित शर्माले ट्रफी अनावरण गरेका थिए।
प्रतियोगिताको पहिलो दिन तीनवटा खेलहरू तय गरिएका छन्। उद्घाटन खेलमा कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएको छ। दोस्रो खेलमा कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्दै छन् भने शनिबार साँझ मुम्बईमा आयोजक भारतले अमेरिकाको सामना गर्नेछ।
म्याच र टूर्नामेंटको जानकारी
आठ स्थानमा हुनेछन् विश्व कपका खेलहरू
टी–२० विश्व कप २०२६ का खेलहरू भारत र श्रीलंकाका आठ स्थानमा आयोजना हुने भएका छन्। भारतमा पाँच स्थानमा खेलहरू हुनेछन् भने श्रीलंकाका तीन स्थानमा खेल आयोजना गरिनेछ। भारततर्फ दिल्ली, मुम्बई, चेन्नई, कोलकाता र अहमदाबादले खेलहरूको आयोजना गर्नेछन्। त्यसैगरी श्रीलंकामा कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियम र एस. स्पोर्ट्स क्लब तथा क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेलहरू हुनेछन्।
नेपालको 'ड्रिम प्रोजेक्ट': पहिलो भिडन्त इंग्ल्यान्डसँग
नेपाली क्रिकेट टोलीले यसपटकको विश्वकप यात्रा आइतबारदेखि सुरु गर्दैछ। नेपालले आफ्नो पहिलो खेलमा साबिक विजेता इंग्ल्यान्डको सामना मुम्बईको वानखडे मैदानमा गर्नेछ। नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने यो खेललाई नेपाली क्रिकेटको इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।
विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको नेपालले यसपटक उच्च तयारीका साथ मैदान उत्रने लक्ष्य राखेको छ। प्रतियोगिताअघि खेलिएका अभ्यास खेलहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडालाई पराजित गर्दै नेपालले शतप्रतिशत नतिजा निकालेकाले टोलीको मनोबल उच्च देखिन्छ। कप्तान रोहित पौडेलले टोली सन्तुलित रहेको र विश्वमञ्चमा उत्कृष्ट नतिजा निकाल्न खेलाडीहरू तयार रहेको बताएका छन्।
प्रतियोगिताको संरचना र नेपालको समूह
यस विश्वकपमा कूल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह 'सी' मा रहेको छ, जहाँ उसले इंग्ल्यान्ड, दुई पटकको विजेता वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। विशेष परिस्थितिमा बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डले उसको स्थान लिएको हो।
नेपालको खेल तालिका यस्तो छ:
माघ २७ (आइतबार): विरुद्ध इंग्ल्यान्ड
माघ २९: विरुद्ध इटाली
फागुन ३: विरुद्ध वेस्ट इन्डिज
फागुन ५: विरुद्ध स्कटल्यान्ड

शेयर गर्नुहोस्